NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

बराहक्षेत्रमा राप्रपा पार्टी प्रबेशको लहर बढ्दै

1 Mins read

राष्ट्रवादी पार्टीको रुपमा आफूलाई बैकल्पिक शक्तिको रुपमा उभ्याउदै आएको राजाबादी पार्टीमा जनताहरुको भरोसा बढ्दै गएको छ। शनिबार राप्रपा बराहक्षेत्र नगर कमिटीले गरेको एक औपचारिक कार्यक्रमका बीच ५ दर्जन बढी एमाले काङ्ग्रेसका कार्यकर्ताहरु प्रवेश गरेका छन् ।
सामाजिक अभियन्ता तथा बाल आक्ष्रम सन्चालक ओम बानियाँ सहित बराहक्षेत्र नगर कमिटीका वडा नम्बर ३,४,५ र ७ का गरेर करिब ६० जनाले स्वतस्फूर्त प्रबेश गरेका छन् ।
कार्यक्रममा पार्टी प्रबेश गरेका सामाजिक अभियन्ता बानियाँले आफू कुनै स्वार्थमा नपरी राप्रपाले अघि सारेको एजेन्डाहरु देशको हीतको लागि रहेको भन्दै प्रबेश गरेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि रहेकी केन्द्रिय सदस्य इनु अधिकारिले देशको समृद्धिको लागि सबैले राप्रपालाई साथ दिनु पर्ने बताइन् । बैकल्पिक शक्तिको रुपमा अगाडि बढेको राप्रपाले मात्रै देशको राष्ट्रियता स्वाधीनताको रक्षा गर्न सक्ने भएको हुँदा सबैलाइ राप्रपामा आउन आह्वान समेत गरेकी थिइन् ।
पार्टी प्रवेश गर्नेहरुमा सामाजिक अगुवा चन्द्रबहादुर कार्कि, सामाजिक अभियान्ता एवम् बाल अाश्रम सन्चालक अाेमप्रकास बानियाँ, स्थानीय अगुवा मनिल एस.अार. राई, सुशील सहनी, राजु परियार, चन्द्रकला बस्नेत,सिरु मुसहर, हिमा माझी, फुलमाया गिरि, सिरु ऋषिदेव, सुरज परियार, जीवन सरदार, सन्दिप कार्की, कमलावति उराव, गाेपाल कार्कि, प्रवेश गुरागाई, राज गाैतम, बिष्णुमाया कटवाल, अम्बिका खड्का, हाेम वहादुर भुजेल, ममता चाैधरी, सुनिता चाैधरी, श्रृजना तामाङ, सर्मिला वस्नेत,गाेविन्द परियार, तुलसा कटवाल, मन्जे सरदार, श्याम परियार, चन्द्रमाया श्रेष्ठ लगायत ६३ जना रहेका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी वराहक्षेत्र नगर समिति अध्यक्ष अर्जुन भट्टराईकाे अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य ईनु अधिकारी प्रमुख अतिथ्यता रहेको कार्यक्रमकाे सन्चालन सुनसरी जिल्ला प्रवक्ता किरण चाैलागाईले गरेका थिए । कार्यक्रममा नगर काेषाध्यक्ष लक्ष्मि रेग्मी, सचिव दिपक कटवाल, सदस्य , कुमारी वस्नेत लगायतकाे उपस्थिति रहेको थियाे ।
कार्यक्रम समापन गर्दै सभाध्यक्ष भट्टराईले बराहक्षेत्रमा राप्रपालाई पहिलो शक्तिको रुपा उभ्याएर छोड्ने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *