NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
FEATURE

मिडिया नेपालको केन्द्रिय कमिटीमा पत्रकार -: विजय राउत

1 Mins read

पुर्बमै पत्रकारिता क्षेत्रमा एक बौद्धिक युवाको सुचिमा आउने नाम हो विजय राउत, पुर्वमा यस् नामसँग धेरैजना परिचित छन् । विषेशगरी ग्रामीण भेगमा धेरैले चिनेको नाम हो, यो । २०७२ सालबाट तत्कालीन महेन्द्रनगर गा.बि.स. मा बराह खबर राष्ट्रिय दैनिक नामक पत्रीका सम्पादनबाट उनको औपचारिक पत्रकारिता सुरु भएको हो । बराह खबर उनले आफ्ना मित्र किरण चौलागाईंसँग मिलेर सुरु गरेका थिए । त्यसपछि क्रमशः बराह खबरले राम्रो बजार लिन थाल्यो ।

पत्रीकाले ०७४ सालको स्थानीय चुनावमा अर्को दलको भूमिका निर्वाह गरेको स्थानीयहरु स्यंम स्विकार गर्दछन् । यसै सन्दर्भमा राउत थप्छन्, कुनै समय यस्तो पनि थियो कि स्थानीयहरू बराह खबर नपढी चिया पिउँन मन लाग्दैन भन्थे । समयक्रमसँगै स्थानीय बजार, जनशक्ति, विश्वब्यापी कोरोनाकहर इत्यादि कारणले बराह खबर केही समय बन्द भएको राउतको भनाइ छ । केहीसमय बन्द भएर हिलोमा डुब्न गएको बराह खबर कमल भएर निस्कियो, सदाबहार मिडिया प्रा.लि. को रुपमा ।

यसअन्तर्गत सदाबहार न्युज डट कम अनलाइन पोर्टल, बराह खबर राष्ट्रिय दैनिक पत्रीका, सदाबहार अनलाइन टि.भि. रहेका छन् । पछिल्लोसमय प्रतिस्पर्धात्मक मिडिया बजार त्यसमा पनि शहरीकरणउन्मुख भेग बराहक्षेत्रमा मिडिया संचालन गर्नु आफैमा चुनौतीपूर्ण थियो ।

यस् चुनौतीको नेतृत्व लिएका राउत भन्छन्, बराहक्षेत्रलाई मिडियाको माध्यमबाट देशमा चिनाउने मेरो एकमात्र स्वार्थ थियो । सायद उनको यहि स्वार्थले होला, ‘सदाबहार राष्ट्रिय टिकटक प्रतियोगिता २०७७’ ले सदाबहार मिडिया प्रा.लि. लाई यत्रतत्र परिचित गराउन भुमिका रह्यो । त्यसपछि पनि बृक्षारोपण, अशक्तहरुलाई सहयोग लगायतका सामाजिक कार्यमा लागि परिरहेकै छ । खासै प्रचारमा आउन नचाहे पनि राम्रै शैक्षिक योग्यताप्राप्त पत्रकार हुन्, उनी ।

सरकारी शिक्षामा ८ बर्ष बिताएका उनले पोलिटिकल साइन्स र शिक्षा शास्त्रमा स्नातकोत्तर गरेका छन् । पत्रकारिता सुरु गर्नुअघि उनी शिक्षण पेशामा आवद्ध थिए । पछि यस् क्षेत्रको रुचीले तानिएका उनी अब चाहिँ व्यबसायिक पत्रकारितामा लागि पर्ने बताउँछन् । ‘म पत्रकारितामा यसको शुद्धिकरणको लागि आएको हुँ ।’ उनी थप्छन्, ‘सामाजिक उत्तरदायित्वसहितको पत्रकारिताको बिकासमा मेरो पहललदमी हुनेछ ।’

तपाईंको राजनीतिक आस्था चाहिँ के हो? भन्ने प्रश्नमा उनी भन्छन्, सिधा भाषामा भन्नुपर्दा म राजासहितको प्रजातन्त्र र हिन्दु राज्य चाहिन्छ भन्ने पक्षमा छु । राष्ट्रको चौतर्फी भू-राजनीतिक धरातललाई नियाल्दा राप्रपाले अघि सारेको सिद्धान्तले देशको समुचित बिकास गर्ने सक्ने भएको हुदा राप्रपाप्रति आस्था छ, उनले भनें । उनको यहि राजनीतिक आस्थाले गर्दा ०७६ सालमा राप्रपा निकट पत्रकारहरुको संगठन मिडिया नेपाल प्रदेश नम्बर १ गठन गरे ।

त्यसपछि क्रमश: केही जिल्लाहरु गठन समेत गरिसकेको उनको जिकिर छ । केही समयअघि बुटवलमा भएको मिडिया नेपालको राष्ट्रिय भेलाबाट उनी पुनः प्रदेश १ को अध्यक्ष तथा केन्द्रिय सदस्यमा मनोनीत भएका छन् । विषेश स्रोतकाअनुसार मिडिया नेपालको केन्द्रमा राम्रो ओहोदामा रहने बुझिएको छ, यद्यपि अहिले यो सार्वजनिक भएको छैन् । अहिले राउत एकता खबर राष्ट्रिय दैनिक पत्रीकामा पनि सम्पादकको भुमिकामा छ्न भने आवर बेलका अन्लाईनमा प्रधानसम्पादकको भुमिकामा छन । राउतले दुइटा बिषयमा स्नातकोत्तर गरेको छ्न भने हाल कानुनको विद्यार्थीको रूपमा अध्यनसिल छन । विभिन्न सामाजिक कार्यमा सक्रिय राउत हाल पत्रकारितालाइ अगाडि बढाउदैछ्न । राउत राप्रपाका अध्यक्ष कमल थापा निकट मानिन्छ्न भने सबै नेता सग सम्बन्ध बनाउन माहिर छ्न ।

Related posts
FEATURE

दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ

1 Mins read
आवर बेलका/केरला बन्यो चरम गरिबीमुक्त पहिलो भारतीय राज्य दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ। मुख्यमन्त्री पिनारायी…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *