NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

टुट-फुट भएका कम्युनिष्टहरु एक जुट भयर समाजबादी बाटोमा अगाडि बढ्नु पर्छ – विद्यार्थी नेता लामा

1 Mins read

यो देशले पुन एक पटक नेकपा (माओवादी केन्द्र )को नेतृत्व आवश्यक ठानेको छ। एकाध बर्षको केहि दृष्टानत हेरौ!!
– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएर कम्युनिस्टको दुई तिहाई नजीकको बहुमतको सरकार बनाउन सफल भए पनि त्यो महान एकता र जनभावना केपी शर्मा ओली र एमाले कै कारण असफल भयो। एकता सम्पन्न भएको एकाध दिन देखिनै इश्वर पोख्रेल , सुर्य थापाहरु एकताको मर्ममा प्रहार गर्न लागि परेका थिए।फलस्वरूप आम नागरिक ले प्रदान गरेको जनादेश र जनभावनाको कदर हुन सकेन।
– नेपाली आमा बुवाको असल सपुतहरुले आफ्नो उच्च बलिदान बाट प्राप्त गरेको यो गणतन्त्र र संघीय ब्यवस्था लाई असफल बनाएर मुलुक लाई क्रीडास्थलको रूपमा परिणत गर्न योजनाबद्द रूपमा ओलीले संसद विघटन गरे।जसलाई मुख्यत माओवादी केन्द्रका नेताकार्यकर्ताको अगुवाइमा आन्दोलन मार्फत त्यो प्रतिगमन रोक्न सफल भयौ!
– ७६ (५) अनुसारको सरकार बन्ने अवस्थाको नेतृत्व मुख्यत माओवादी केन्द्र ले नै गर्यो र मुलुक लाई अस्थिरता र कुनै व्यक्तिको अहंकारकै कारण संविधान र व्यवस्था प्रताडित हुने क्रम रोक्न सफल भयो।
– राष्ट्रिय स्वाधीनता र नेपालीहरुको आत्मसम्मान संग जोडीएको mcc लाई अस्बिकार गर्न, असफल बनाउन सबैभन्दा ससक्त रूपमा माओवादी लागेको अवगतै छ।
– बृहत वाम एकता गरेर मुलुक लाई नया उर्जा प्रदान गर्ने सन्दर्भमा माओवादी केन्द्र ले सबैभन्दा महत्त्वपूर्ण पहलकदमी लिएको छ।
– उर्जा मन्त्रालय र अर्थमन्त्रालय माओवादी ले सम्हाले संगै आम नागरिक ले केही नया अनुभुती गर्ने वातावरण क्रमिक रूपमा सृजना हुदै गएको छ।
देश र नागरिक हित लाई केन्द्रमा राखेर बिना पदिय स्वार्थ निरन्तर नेकपा (माओवादी केन्द्र) लडीरहेको छ र एक पछी अर्को लडाइमा आम नागरिक , बुद्धिजीवी , पत्रकार ,बिद्यार्थी लग्यातको साथ रहेको हुदा सडक र सदन दुबैमा सान्दार जित प्राप्त गर्न समेत सफल भएको छ!! यसर्थ सिङ्गो युवा र देशभक्त जनसमुदाय लाई कुनै पनि किसिमको स्वार्थ बाट माथी उठेर एक पछी अर्को गर्दै माओवादी केन्द्रको एजेन्डा स्थापित हुदै गएको सन्दर्भमा जुन जहिल्यै नेपाल र नेपालीको हितमा रहेको छ।यसको पछाडि हामिले गरेको तमाम कठोर संघर्ष लाई मनन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु!लेखक -अखिल क्रान्तिकारी ओखलढुंगाका अध्यक्ष हुन ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *