नेपाली कांग्रेस बेलका नगरसमितिले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सुरु सम्पन्न भएको । दशैँ, तिहार, छटलगायतको चाडपर्वलाई मध्यनजर गर्दै चियापान कार्यक्रम गरेको हो । 
सेवाकेन्द्रको जनजातीहलमा आयोजित चियापानमा बिहान आठ बजेबाट सुरु भएको हो । चियापानमा पार्टी कार्यकर्ता एवं आमन्त्रीतको भीड लागेको छ । आमन्त्रितलाई पार्टी जिल्ला सभापति बिदुर बस्नेत ,भोजराज खतिवडा , जय सुवेदी , सन्तोष कोइराला लगायत नेताले उभिएर सुभकामना मनत्बय राखेका हुन । अन्य राजनीतिदल बाट गणेश बस्नेत , भरत घिमिरे ,कर्ण श्रेष्ठ ,सुरेन्द्र खालिङ, टिकाराम सर्मा, ललित राई लगायतले सुभकामना भनाइ राखेका हुन ।
। विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ ।
भर्खरै नब निर्वाचित भयका बेलका नगरकमिटिलाइ बधाई तथा सुभकामना दिएको हो । सभापतिमा पराजित बाबुराम थापा ,पुर्व सभापति सुशील सेढाई लगायत नेताको अनुपस्थित रहेको हो ।
सुभकामना कार्यक्रम सफलता पुर्वक सप्पन्न भएको बताइन पार्टी सचिव माया ओलि कोइलाले ।



