NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

गोर्खा वेलफेयर धरान द्वारा बेलका नगरपालिकाका बाढी प्रभावित क्षेत्रका पीडितहरुलाई खाधान्न सहयोग

1 Mins read

गोर्खा वेलफेयर धरानले उदयपुर जिल्लाको बेलका नगरपालिकाका बाढी प्रभावित क्षेत्रका पीडितहरुलाई खाधान्न लगायतका बिभिन्न सामाग्री हस्तान्तरण गरेको छ।

बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापाको बिशेष अनुरोधमा गोर्खा वेल्फेयर धरानले नगरको वडा नं १ स्थित पलार क्षेत्रका २६ घर परिवार र भालबन्दी क्षेत्रका ७३ घर परिवारलाई लाई राहत सामाग्री हस्तन्तरण गरेको हो।

गोर्खा वेल्फेयर धरानले उक्त क्षेत्रका बाढी पीडितहरु मध्य पलारका २६ घर परिवारलाई खाना पकाउने एलपी ग्यास, चामल, स्वास्थ्य सामाग्री, पानी फिल्टर, दाल, तेल, चिनी, चिया पत्ती, त्रिपाल, मच्छर झुल, महिला आत्मारक्षा सामाग्री, लगायतका सामाग्री हस्तान्तरण गरेको हो भने भालबन्दिका ७३ घर परिवारको लागी एलपी ग्यास बाहेकका अन्य सामाग्री हस्तन्तरण गरेको हो।

उदयपुर जिल्लाकै अभिसाफको रुपमा रहेको त्रियुगा नदिले बेलाका नगरपालिकाको वडा नं १ मा बर्षेनी डुवान पार्ने गरेको छ। उक्त क्षेत्रका बस्तीमा अहिले पनि शुद्ध पिउने पानी को समेत उचित व्यवस्थापन हुन सकेको छैन भने त्रियुगा नदिको तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियहरुको बर्षाको समयमा नदीको बाढीले निकै ठुलो जनधनको क्षेती पुर्याउने गरेको छ।

चुरे तथा महाभारत क्षेत्र बाट बग्ने ४२ वटा साना ठुला खहरेखोला रहेको बेलाका नगरपालिकाका स्थानीय बासिन्दा कोशी टप्पु बन्यजन्तु आरक्षबाट आउने बँदेल, हात्तीको प्रकोपबाट समेत पीडित बन्ने गरेका छन।

बेलका नगरपालिकाको तल्लो भाग बाट बग्ने त्रियुगा नदिले वडा नं १ को पलार क्षेत्रलाई भने नगरपालिका बाट छुट्टाएर छुट्टै बस्ती बनाइदिएको छ ।

एउटै वडा समेत यसरी नदिले अलग अलग बनाइदिदा पलार क्षेत्रका २६ घर परिवार निकै ठुलो पिडामा रहेकोले उनिहरुलाई बिशेष किसिमले एलपी ग्यास सहितको राहात प्याकेज उपलब्ध गराइएको बेलका नगरपालिकाका नगर प्रमुख दुर्गा कुमार थापाले बताए ।
बर्सेनि बाढी बाट हुने जनधनको क्षेतिलाई दिर्घकालिन रुपमा ब्याबस्थापन गर्न यसै आर्थिक बर्षमा उच्च बाध निर्माण हुदैछ। हामिले समन्वय गरेर बितरण गरेको राहत बस्तबमै पिडित परिवारले पाएको नगर प्रमुख थापाले बताए। कोरोना माहामारिमा निकै ठूलो स्वास्थ्य सामाग्री बितरण गरेको गोर्खा वेल्फेयरलाइ धन्यवाद दिदै नगर प्रमुख थापाले आगामी दिनमा समेत सहकार्य गर्दै जाने बताए।

ब्रिटिस दुतावास बाट संचालन हुने गोर्खा वेल्फेयर ट्रस्टले नेपालका बिभिन्न ठाउमा हुने गरेका दैविक प्रकोपहरुमा त्यस क्षेत्रबाट सहयोगको लागी माग आएको खण्डमा राहात सहयोग उपलब्ध गराउदै आएको छ। बेलका नगरपालिकाका ९९ घर परिवारलाई राहत हस्तानतरण गरेको गोर्खा वेल्फेयरले १४ लाख ३७ हजार बराबरको राहत वेल्फेयरका पदाधिकारीकै उपस्थितीमा हस्तन्तरण गरेको गोर्खा वेल्फेयर धरानका कार्यालय प्रमुख पूर्ण प्रसाद लिम्बुले जानकारी दिनु भएको छ ।
सहयोगको लागि माग भएको निवेदन अनुसार प्रत्यक्ष स्थलगत अनुगमन गरि वास्तविक पिडित पहिचान गरि राहत बितरण गरिएको हो। १ सय ६० घरपरिवार मध्ये पहिलो चरणको राहत बितरण गरिएको र तिहार पछि दोस्रो चरणको राहत बितरण गरिने कार्यालय प्रमुख लिम्बुले बताए।

चाडवाडको मुखमा राहत पाएपछी स्थानियले खुशी ब्याक्त गरेका छन।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *