NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

इटहरीका समाजसेवी स्व.नेत्र बहादुर श्रेष्ठको स्मृतिमा अक्षयकोष स्थापना

1 Mins read

सुनसरी जिल्ला इटहरी उपमहानगरपालिकाका समाजसेवी,तथा बुद्धिजीवी स्व.नेत्र बहादुर श्रेष्ठको स्मृतिमा उनको परिवारले अक्षयकोष स्थापना गरेका छन् ।

स्व. श्रेष्ठको १२ औं पुण्य तिथिको अवशर पारेर इटहरी –५ स्थित रक्तमाला आधारभुत विद्यालयमा उनको परिवारले १ लाख ५ हजार बराबरको अक्षयकोष स्थापना गरेका हुन् । बुधबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितमान लिम्बु र प्राध्यनाध्यापक विमला दाहाललाई स्व. नेत्रबहादुरको परिवाले रु एक लाख ५ हजार प्रदान गर्दै अक्षयकोष स्थापनाको शुरुवात गरेका छन् ।

इटहरी –५ स्थित रक्तमाला आधारभुत विद्यालयमा अध्ययनरत गरीब विपन्न, जेहेन्दार तथा अल्पसङ्ख्यक विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले अक्षयकोष स्थापना गर्न लागिएको र यसको शुरुआत भएको स्वर्गिय श्रेष्ठकी श्रीमती तिरादेवी कार्की (श्रेष्ठ) ले जानकारी दिइन ।
“नगरभित्रका कोही पनि बालबालिका आर्थिक अभावकै कारणले पढाइबाट बञ्चित हुन नपरोस् भनेर अक्षयकोष निर्माण गर्न लागिएको हो”, उनले भनिन्, “यसले सबैका लागि शिक्षा भन्ने नारालाई सार्थक तुल्याउने विश्वास लिएको छु ।” श्रीमानले दुःख गरेर डिग्री पढाइ सकेको र विभिन्न संघ सस्था तथा सामाजिक कार्यमा सक्रिय भएकाले उनको सपना पुरा गर्नकालगि अक्षयकोष स्थापना गरेको उनले जानकारी दिईन् ।

सानैदेखी सहयोगको भावना राखेका नेत्र बहादुरलाई हड्डीको क्यान्सर लागेको र उपचार पश्चात ठिक भएको र फेरी पेटमा क्यान्सर भएर उनको निधन भएको उनका भिनाजु अम्बर बहादुर श्रेष्ठले बताए । “हामिले निकै बचाउने प्रयास गरेउ तर सकेनौ ”, उनले भने, उसको आत्माको चिर शान्तिको कामना गर्दै हामीले उनको समाजशेवाकाे सपना पुरा गर्नकालागि यो रकम हस्तान्तरण गरका हौ । “आगामी दिनमा पनि हामी सकेको केहि सहयोग निरन्तर गरिहन्छौ” र छिटै ट्र्स्ट खोलेर सामाजिक क्षेत्रमा लाग्ने बताय । नेत्रको परिवारमा आमा, बुबा, दाजु, श्रीमती र १० महिनाकी एक छोरी छिन् ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *