NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

दशैको अवसरमा खसी/बोकाको माग बढ्यो रामपुरमा सनिवार २ करोड सम्मको ब्यापार

1 Mins read

दशैं नजिकिएसँगै बेलका नगरपालिका -९ रामपुर साप्ताहिक हाट बजारमा यो सनिवार २ करोड सम्मको कारोबार भएको छ। रामपुर बजारमा प्रत्येक सनिवार बोका/ बाख्रा /खसी बजार लाग्ने गर्छ। लामो समय बन्द रहेको यश बजारमा खसी बजारमा दशैं नजिकिएसँगै भिड्भाड बढेको हो

बजारस्थलका अनुसार असोजको तीन सनिवार लागेको साप्ताहिक बजारमा खसी /बोका औसत ४ करोड ५० लाख बराबरको कारोबार भएको हो। दशैं नजिकिएको कारण खसीको कारोबारमा वृद्धि भएको हो।

तीन शुक्रबारमा कूल ५ हजार भन्दा धेरै खसी /बोका बिक्री भएको छ। जसको औसत मूल्य ५ करोड भन्दा धेरै रहेको छ ।

बजारस्थलका अनुसार बजार खुलेको पहिलो साता ५ सय ७ वटा खसी, बोका खरीद बिक्री भएको रेकर्ड छ। यसको औसत मूल्य ६५ लाख मूल्य बराबर हुन्छ। यो बजारमा जिउँदो खसी, बोका प्रतिकिलो ८ सय रुपैयामा किनबेच हुने गरेको छ ।

दोस्रो साता असोज १६ गते पहिलो साताको भन्दा खसी, बोकाको बिक्री बढेको थियो। उक्त दिन १ हजार १ सय २ वटा खसी, बोका बिक्री भएको थियो। ‘दोस्रो साता बिक्री भएको खसी, बोकाको औसत मूल्य ८५ लाख बराबर कारोबार भएको छ ।

तेस्रो साता २३ गते २ हजार भन्दा धेरै खसी, बोका बिक्री भएको छ। यसको औसत मूल्य २ करोड बराबर भएको बजारस्थलको भनाइ छ। वडा दशैंमा खसी, बोका काट्ने चलनको कारण पनि हरेक वर्ष दशैं नजिकको साप्ताहिक सनिवारे खसी बजारमा करोडौंको कारोबार हुने गरेको छ। 

बजारस्थलका अनुसार यहाँ भोजपुर ,सुनसरी , उदयपुरको विभिन्न ठाउँबाट बाट पनि खसी, बोका र बाख्रा बिक्रीको लागि कृषक तथा व्यापारीहरुले ल्याउने गर्छन्। यहाँबाट प्रदेश १ र २ र ३ को मुख्य सहरहरुमा निर्यात हुने गर्छ ।

बेलका कन्तेचौरिमा खसी बोका सन्कल केन्द्र बनेपनि प्रयोगमा आएको छैन करिब १ बर्ष अगाडि मुख्यमन्त्री सेरधन राइले उद्घाटन गरेपनी सन्चालनमा नआउदा स्थानीय ब्यापारी मर्कामा छ्न । बजार र यहाँको खसी बजार नमुनाको रुपमा विकास भएको छ। बेलका नगरपालिकाले बजार स्थलमा निर्यातको लागि खसी बोकाको निरोगीताको प्रमाणपत्र जारी नगर्दा/ कार्यनयनमा नलियाउदा ब्यापारी मर्कामा छ्न ।
पछिल्लो समय एक कृषक परिबारले न्युनतम एक घर बराबर ४/५ वटा खसी / बोका पाल्ने गरेको पाइएको छ ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *