उदयपुरमा सवारी चालक अनुमति पत्र (लाईसेन्स)का लागि लिइने ट्राइल परीक्षामा आफ्नै साधन प्रयोग गर्न पाउने गरी तयारी थालिएको छ । प्रयोगात्मक परीक्षामा ट्रायल सेन्टरको सवारी प्रयोग गर्दा महंगो दस्तुर तिर्नुपर्ने जनसाधरणबाट जनगुनासो आएसँगै यातायात व्यवस्था सेवा कार्यालय उदयपुर गाइघाटले तयारी गरेको हो ।
यसका लागि केही समय लाग्ने भएको छ । ट्राइल सेन्टर बाहेकको सवारी साधनबाट पनि परीक्षा दिन पाउने गरी आन्तरिक तयारी थालिएको यातायात व्यवस्था सेवा कार्यालय उदयपुरका प्रमुख सुभाष कार्कीले जानकारी दिए । उनका अनुसार हाल कार्यालयमा रहेका कर्मचारीहरु यसका लागि अपर्याप्त छन् ।
आन्तरिक प्रक्रिया पूरा गरेपछि ट्राइल सेन्टर बाहेकको व्यक्तिगत वा आफन्त साथीभाईको सवारी साधनबाट पनि ट्राइल परीक्षामा सहभागी हुन पाइनेछ । यातायात तथा ट्राफिक नियमसम्बन्धी सम्पूणर् प्राबधान बैधानिक रहेको अर्थात ब्लुबुक नविकरण, ट्राईल दिन लागिएको सवारी साधनको बीमा हुनुपर्नेलगायतका प्राबधान अनिवार्य रहने गरी काम थालिएको प्रमुख कार्कीले बताए ।
कार्कीले अहिले नै तत्काल भने यो सेवा सुरु भइनसकेको जानकारी दिए । कर्मचारी व्यवस्थापन भएपछि लागू हुने गरी आन्तरिक अभ्यास सुरु भइसकेको छ । ट्राइल सेन्टर बाहेकको सवारी साधन प्रयोग गरी ट्राइल परीक्षा दिँदा प्राबिधिक तथा कागजात व्यवस्थापनमा स मस्या हुने भएकाले पनि आन्तरिक गृहकार्यपछि मात्र यो सुबिधा उपलब्ध हुने कार्यालय प्रमुख कार्कीको भनाई छ ।
शूल्क घट्यो
उदयपुर सदरमुकाम गाईघाट नजिकै गैरुनस्थित ट्रइल सेन्टरमा यातायात व्यवस्था सेवा कार्यालयले ट्राइल प्रयोग गरेवापत लिदै आएको शुल्क घटाएको छ । प्रयोगात्मक परीक्षाका लागि ट्राईल सेन्टरको सवारीसाधन प्रयोग अनिवार्य गरिएको र यसका लागि महंगो शुल्क असुलिदै आएको गु ना सो बढेपछि प्रदेश १ भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीको निर्देशनमा तत्काल शुल्क घटाइएको हो ।
यसअघि ट्राइल सेन्टरमा दुई पाँग्रेको २७० रुपैयाँ र चार पाँग्रेले ६१० रुपैयाँ तिर्दै आएको थिए । सर्वसाधरणको व्यापक गुना सो आएपछि यातायात व्यवस्था कार्यालय प्रमुखहरुसँगको छलफलमा ट्राइल सेन्टरहरुले लिइदै आएको शुल्क घटाउन मन्त्री कार्कीले निर्देशन दिएका हुन् । मन्त्रीको निर्देशनमा घटेको शुल्क अनुसार अब दुई पाँग्रे सवारीमा ५० रुपैयाँ र चार पाँग्रेमा ११० रुपैयाँ शुल्क घटाइएको छ । बिहीबारदेखि लागु हुने गरी यो निणर्य गरिएको हो ।
ट्राईल सेन्टरले यसअघि भ्याटसहित स्कुटरको २४० रुपैयाँ र थप १३ प्रतिशत भ्याट जोडेर २७१ रुपैयाँ २० पैसा असुल्दै आएको थियो । चार पाँग्रेको हकमा भने ५४० रुपैयाँ शुल्क र थप १३ प्रतिशत भ्याट जोड्दा ६१० रुपैयाँ २० पैसा ट्राईलकर्ताले तिर्दै आएका थिए ।
पछिल्लो समय घटाइएको शूल्क अनुसार अब दुइ पाँग्रे सवारी साधनका लागि ट्राईल परीक्षा दिनेहरुले भ्याटसहित २२० रुपैयाँ ३५ पैसा र चार पाँग्रे सवारीसाधनको हकमा भने भ्याटसहित ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ


