NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

ज्वानो प्रयोग गर्नुस यी रोग निको हुन्छन्

1 Mins read

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो भने या औषधीकै रूपमा मात्र प्रयोग गर्ने हो भने हाम्रो जीवन स्वस्थ्य रहनेछ ।

भान्छामा सहजै पाइने ज्वानो एक प्रकारको औषधी नै हो । ज्वानोलाई पेट दुखेको औषधीका रूपमा बढी चर्चा गरिन्छ ।

पेट दुखेको बेला ज्वानोको दाना चपाएर खाए पेट दुखेको निको हुन्छ । ज्वानोको गेडामात्र नभएर तेल, फूल र बोटबिरुवालाई समेत विभिन्न रोगमा औषधीका रूपमा प्रयोग गरिन्छ ।

मसिना किराहरूलाई घरबाट भगाउन समेत यसको प्रयोग गर्न सकिन्छ । कानको दर्द, दाँतको दुखाई र रुघाखोकी, मुटुका समस्या, जोर्नीका समस्या र नाक बन्द हुँदा समेत यो अति प्रभावकारी हुन्छ ।

हेर्नुहोस् के–के छन् ज्वानोका फाइदा :

१. पेट दुखाईमा ज्वानो : ज्वानोमा रक्सीमा हुने समेत गुण भएकाले पेट दुखाईमा प्रयोग गर्दा तत्काल लाभ हुन्छ । मन तातो पानीमा अलिकति ज्वानो थोरै नुन हालेर खाएमा पेटमा भएको अपच ठिक भएर जान्छ । खानासँगै त्यत्तिकै ज्वानो खाँदा पनि फरक पर्दैन ।

२. सर्दीमा ज्वानो : सर्दी अथवा रुघाघोकीमा ज्वानो अमृततुल्य हुन्छ । १५ देखि २० दिनसम्म लगातार भुटेको ज्वानो २ ग्राम जति खाने हो भने ठिक हुन्छ । मनतातो पानीसँगै ज्वानो चपाएर खाँदा खोकीमा फाइदा गर्छ ।

३. दममा ज्वानो : दम रोग लागेकोमा ज्वानोको धुवाँ लिँदा सास फेर्न सहज बनाउँछ । ज्वानो र सखर मिलाएर दैनिक खाने हो भने दम रोगलाई निकै फाइदा पुर्याउँछ ।

४. मधुमेहमा ज्वानो : १ चियाचम्चा ज्वानोको दाना र ४ चियाचम्चा बेलपातको जुस दिनको दुईदेखि तीनचोटी खाँदा मधुमेह नियन्त्रण हुन्छ ।

५. रक्सी छुटाउन : ज्वानो प्रयोग गरेर बनाइएको ‘काँढापानी’ प्रत्येक रात सुत्नेबेला ३० मिलिलिटर करिब ५० दिनसम्म सेवन गर्ने हो भने यसले रक्सी अम्मली हटाउन सहयोग गर्छ ।

६. हैजामा ज्वानो : हैजाका कारक किटाणुहरूलाई मार्नमा ज्वानो सहायक हुने भएकाले हैजामा ज्वानो सेवनको सल्लाह दिइन्छ ।

७. मिर्गौलामा हुने पत्थरीमा ज्वानो : ज्वानो, मह र चुक अमिलो सम्मिश्रण नियमित १० दिनसम्म प्रयोग गर्ने हो भने यसले मृगौलाको पत्थरीलाई गलाउन सहयोग पु-याउँछ ।

८. तौल घटाउनमा ज्वानो : ज्वानोमा पेटमा भएका धेरै रोगलाई हटाउने सामथ्र्य छ । यसले दिसा खलास बनाउँछ र तपाइको तौल घटाउनमा समेत सहयोग पुर्याउँछ ।

९. पेट फुल्ने रोग र वायुविकारमा ज्वानो :

वायुविकार र पेट फुल्ने रोगमा जादुगरी औषधी हो ज्वानो । ज्वानो उमालेर त्यसको वाफ खाने हो भने उल्लिखित रोगहरूमा धेरै नै लाभ हुन्छ ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *