NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

वन रक्षकको जागीर खुल्दै

1 Mins read

रिक्त सशस्त्र वन रक्षक, वन रक्षक र गेमस्काउट (निकुञ्जको गस्तीमा खटिने कर्मचारी) को भर्ना प्रक्रिया अघि बढेको छ ।

वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले ७ सय ४३ सशस्त्र वन रक्षक, ४ सय १६ वन रक्षक र ७ सय ७७ गेमस्काउटको भर्ना प्रक्रिया अघि बढाइएको जानकारी दिए । ‘नयाँ पाठ्यक्रम बनाएर एकीकृत परीक्षा प्रणालीबाट जतिसक्दो चाँडो रिक्त वन रक्षक र गेमस्काउट भर्ना गर्दैछौं,’ उनले भने । पाठ्यक्रम तयार भएपछि विज्ञापन आहवान गरिनेछ र लोक सेवा आयोगले पदपूर्तीका लागि परीक्षा लिनेछ ।

विभागअन्तर्गत १ हजार ८३ सशस्त्र वन रक्षक, २८ सय वन रक्षक र निकुञ्ज विभागअन्तर्गत ८ सय २४ गेमस्काउटको दरबन्दी छ । गत वर्ष मात्रै ४ सय ६१ गेमस्काउटको नयाँ दरबन्दी थपिएको हो । आर्थिक वर्ष २०६९/७० पछि वन रक्षक र गेमस्काउट भर्नाका लागि विज्ञापन हुन सकेको छैन । तराई तथा चुरे मधेसका जिल्लामा वन गस्ती र निकुञ्ज/आरक्षको प्रभावकारी गस्ती हुन सकेको छैन ।

गस्ती नहुँदा जंगलको कोरक्षेत्रमा वनपैदावार र वन्यजन्तुको चोरी सिकार गर्ने समूह सक्रिय भएको पाइएको छ भने तस्करीका घटनासमेत बढेको देखिन्छ । ‘वन रक्षक र गेमस्काउट पदपूर्ति हुन सके भइरहेका तस्करी र सम्भावित चोरी तस्करी न्यून हुने अपेक्षा छ,’ उनले भने ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *