NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

उदयपुरमा सडक दुर्घटना हुँदा एकको मृत्यु

1 Mins read

उदयपुर गाइघाटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको त्रियुगा नगरपालिका वार्ड न- ४ बगाहमा मोटरसाईकल दुर्घटनामा परी ३१ वर्षीय दिलीप दुलालको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका इन्चार्ज लिलाबहादुर श्रेष्ठका अनुसार मालबाहक ट्रक र दुई जना सवार मोटरसाईकल एक आपसमा ठोक्किएको थियो । सो घटनामा घाइते भएका दुवैलाई तत्काल स्थानीय र प्रहरीको सहयोगमा उद्दार गरी मोरङको बिराटनगरस्थित न्यूरो हस्पीटल पठाइएको थियो ।

मृत्यु हुने दुलाल मोटरसाईकलको पछाडी सवार रहेको उदयपुर प्रहरी प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले जानकारी दिए । घटनाको समय हेल्मेट नभएका कारण समेत पछाडी बस्ने त्रियुगा नगरपालिका वडा नम्बर ५ देउरीका दुलाललाई टाउँकोमा गहिरो चोट लागेकाले गम्भीर अवस्थामै बिराटनगर पुर्‍याइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको मोटरसाईकल चालक त्रिनपा देउरीकै ३२ वर्षीय प्रभुनारायण चौधरी भने सोही अस्पतालमा उपचाररत छन् ।

शुक्रबार बेलुका साढे ५ः०० बजे सदरमुकाम गाईघाट बजारबाट जलजले तर्फ जाँदै गरेको प्र २ -०१२००३ प ८४९१ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट आउदै गरेको स १ ख ७२१ नम्बरको ट्रिफर आपसमा ठोकिएको थियो ।

घाईते दुलालको उपचारकै क्रममा राती ९ः०० बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ६ लालपत्ता स्थायी घर भएका ३६ वर्षीय चालक मेखबहादुर राउतलाई सवारीसाधनसहित नियन्त्रणमा लिइ उदयपुर प्रहरीले अनुसन्धान थालेको छ । उदयपुरमाकेही समय देखि अत्यधिक सडक दुर्घटना हुने गरेको छ भने । सडक दुर्घटनालाई कम गर्न विभिन्न संघ सस्थाले न्यूनीकरण गर्न विभिन्न कार्यक्रम गर्दै आएको छ ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *