NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

चौदन्डिगढी र त्रियुगा नगरपालिकाका सुकुम्बासीले लालपुर्जा पाउने

1 Mins read

उदयपुरका दुई नगरपालिका र राष्ट्रिय भूमि आयोग विच भूमिहीन दलित, सुकुम्बासीलाई जग्गा वितरण गर्न सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
सदरमुकाम स्थित त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिका र राष्ट्रिय भूमि आयोग विचमा सुकुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासीको व्यवस्थापन सम्बन्धमा दुईपक्षिय कार्यसहमति पत्रमा हस्ताक्षर भएको हो ।
आयोग र नगरपालिकाहरु विच सहमति पत्रमा हस्ताक्षर भएसँगै त्रियुगा र चौदण्डीगढीका ऐलानी जग्गाधनीहरुले जग्गाधनी पुर्जा पाउने निश्चित भएको छ ।
सहमति पत्रमा चौदण्डीगढी नगरपालिका प्रमुख खगेन्द्र राई, त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी र राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला विच भुमि व्यवस्था तथा सहकारी मन्त्री शसी श्रेष्ठको उपस्थितीमा एक समारोह विच काठमाण्डौमा हस्ताक्षर भएको छ ।
राष्ट्रिय भूमि आयोग गठन आदेश २०७८ अनुसार नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सम्बासी र अव्यवस्थित बसोबासीको पहिचान, लगत संकलन र प्रमाणीकरणको काम गर्ने उल्लेख छ ।
सहमति पत्रमा नगरपालिकाले लगत संकलन कार्यका लागि सेवा केन्द्र प्रमुख तथा तथ्याङ्क संकलक, तथ्याङ्क प्रविष्टिकर्ता, नापी कामदार फिल्ड–सहयोगी तथा आवश्यक अन्य जनशक्ति व्यवस्थापन गर्ने भनिएको छ ।
प्रमुख प्रशासकीय अधिकृतको रोहवरमा भएको कागजमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याक प्रविष्टि गर्नको लागि प्रणाली (क्थकतझ) भूमि आयोगले उपलब्ध गराउने व्यवस्था छ ।
विगठित भूमि सम्बन्धी समस्या समाधान आयोगसँगको समझदारीमा भए गरिएका कार्यहरू यो कार्य सहमति पत्रमा हस्ताक्षर गरेपश्चात यसै सहमति पत्र बमोजिम भए गरेको मानिने चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईले जानकारी दिए ।
मेयर राईका अनुसार हामीेले विगतमा गरेका कामहरु बेवारिसे भएका थिए अहिले सहमति पत्रमा हस्ताक्षर गरेपछि राष्ट्रिय भूमि आयोगले स्वामित्व ग्रहण गरेको छ ।
‘सहमति पत्रमा हस्ताक्षर भएसगै अव सुकुम्बासी तथा अव्यवस्थित वसोबासीहरुले जग्गा प्राप्ती गर्ने वातावरण बनेको छ ।’ मेयर राईले भने ‘हामीले २०७४ को स्थानीय चुनावमा गरेका वाचाहरु कानुनी अडचनको कारण पुरा नहुने हुन् की भन्ने थियो अव सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले जग्गा पाउने लगभग निश्चित जस्तै भएको छ ।’
चौदण्डीगढी नगरपालिकामा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्नको लागि जग्गाको नापजाँच गर्ने कार्य धमाधम भई रहेको छ । भने त्रियुगा नगरपालिकामा कर्मचारी छनौट गरेर काम अगाडी बढाउने चरणमा पुगेको छ

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *