कृष्णमान चौधरी /उदयपुर
शम्भुनाथ नगरपालिकाको आर्थिक सहयोगमा तथा संन्याशी यूवा क्लबद्वारा आयोजित तेस्रो मेयर कप प्रतियोगितामा मलिथम फुटबल क्लब उदयपुर बिजय हासिल गरेको छ।
उदघाटन खेलमा सलहेस यूवा क्लब भोटियाटोल , सिरहा र मलिथम फुटबल क्लब, उदयपुर बिच भएको प्रतिस्पर्धामा मलिथम फुटबल क्लब ०-१ को अन्तरले पहिलो खेलमा आफ्नो जित पक्का गरेको हो।प्रतियोगितामा मलिथम फुटबल क्लबका जर्सी न १० रबिशकर चौधरी (मेस्सी )ले गोल गरेका थिए।
प्रतियोगितामा उदयपुर,सप्तरी,सिरहा,सुनसरी र महोत्तरी गरि जम्मा ११ ओटा टिम सहभागी छ्न ।
प्रतियोगिताको बिजेता क्लबले नगद रु.५५ हजार,ट्रफी मेडल र प्रमाणपत्र त्यसैगरी उप बिजेतले नगद रु. ४५ हजार,ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कारको ब्यबस्था रहेको आयोजक कमिटीले जानकारी दिए।
प्रतियोगिताको दोस्रो दिन संन्यासी यूवा क्लब पोखरिया सप्तरी र हिमालयन क्लब राजबिराज बिच हुने आयोजक कमिटीका संयोजक भगवती चौधरीले बताउनुभयो ।प्रतियोगिता माघ १० गतेसम्म हुने संयोजक चौधरीले जानकारी दिए।


