गाँजासहित सुनसरीको बराहक्षेत्रबाट युवा पक्राउ परेका छन् । साईकलबाट गाँजा लिएर बिक्रीका लागि पुगेका नवहाङ किराँतीसहित अर्का एकजना सहयोगी समेत प्रहरीको नियन्त्रणमा परेका हुन् ।
जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नम्बर -१ का किराँती सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर- ६ बाट समातिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार साइकलमा गाँजा राखेर किराँती र अर्का ब्याक्ती नगेन राई समातिएका थिए ।
बराहक्षेत्र नगरपालिका वडा नम्बर- ३ का स्थानीय हुन् । २८ वर्षीय नगेन र ३२ वर्षीय नवहाङलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट नियमित गस्तीमा खटिएको टोलीले पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए ।
एसपी राईका अनुसार इप्रका महेन्द्रनगरबाट खटिएको क्युआरटी गस्ती टोलीले मंगलबार राती नियन्त्रणमा लिएको हो ।
चेकजाँचको क्रममा दुवै जनाको साथबाट ६ किलोग्राम गाँजा र २ थान साइकल नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिप्रका सुनसरीले जनाएको छ।


