NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा कार्यरत सुवेदी अख्तियारकै फन्दामा

1 Mins read

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयमा कार्यरत रहँदा अनुसन्धान अधिकृत कृष्ण सुवेदीले धम्क्याएर रकम असुली गरेको पाइएको छ ।

सुवेदीले सप्तरीका विभिन्न स्थानीय तहका योजनाहरूमा कुनै कैफियत देखिए जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता समिति र प्राविधिकलाई धम्क्याउँदै मोटो रकम असुली गरेको खुलेको हो ।

सुवेदीबाट पीडित भएकाहरुले अख्तियारको केन्द्रीय कार्यालयमा उजुरी पनि दिएको छ । सुवेदीमाथि आयोगको केन्द्रीय कार्यालयमा उजुरी परेको र त्यसबारे छानबिन भइरहेको अख्तियारका सहप्रवक्ता वेदप्रसाद भण्डारीले पुष्टि गरे ।

उनले रकम मोलमोलाइ गर्न फोनबाहेक फेसबुक खाताको समेत प्रयोग गर्ने गरेको पाइएको छ । ‘पहिला कार्यालयकै ल्यान्डलाइनबाट उनको फोन आउँथ्यो,’ आयोगमा उजुरी दिएका सप्तरीकै एक गाउँपालिकाका कर्मचारीले भने, ‘त्यसबेला एकदमै कडा शैलीमा प्रस्तुत हुन्थे । पछि मोबाइलबाट फोन गर्थे र ‘कर्तव्य मानव’ फेसबुक अकाउन्टमा जोडिन भन्थे । उक्त फेसबुकमा जोडिएपछि पैसाको बार्गेनिङ सुरु हुन्थ्यो ।’ कर्तव्य मानव नामक उक्त फेसबुक खातामा सुवेदीले पृथ्वीनारायण शाहको प्रोफाइल तस्बिर राखेका छन् ।

ती कर्मचारीका अनुसार फोन र फेसबुकमार्फत रकमको बार्गेनिङ मिलेपछि सुवेदीले सम्बन्धित कर्मचारी, उपभोक्ता समिति पदाधिकारीलाई सुनसरी सदरमुकाम इनरुवा बोलाउँथे । सुवेदी इनरुवाका बासिन्दासमेत हुन् ।

इनरुवास्थित एक होटलमा बोलाउने र आफू ई–रिक्सामा त्यहाँ पुगेर होटलमा नबसी ई–रिक्सामै बजार डुल्दै रकम असुल्ने गर्थे । तर, सुवेदीको बार्गेनिङ भने यतिमै सीमित हुँदैनथ्यो ।

एक पटक रकम लिएका कर्मचारी, उपभोक्ता समिति पदाधिकारीलाई यसअघि गरेको फेसबुक च्याट र फोन संवादको रेकर्डिङ सुनाउँदै धम्क्याउने गर्दै आएका थिए ।

सुवेदीबाट आफू अख्तियारको अनुसन्धान अधिकृत रहेको र भ्रष्टाचारको आरोपमा जेल चलान गरिदिने धम्की दिनहुँजसो आउन थालेपछि केही कर्मचारीले सुवेदीकै फोनको अडियो रेकर्ड तथा फेसबुक च्याटको भिडियो बनाई अख्तियारमा उजुरी दिएका थिए । सुवेदीबाट मानसिक प्रताडना पाएको उल्लेख गर्दै उजुरी दिएपछि सुवेदीले कर्तव्य मानव नामक फेसबुक खातासमेत बन्द गरेका छन् ।

उजुरीपछि सुवेदीलाई अख्तियारको इटहरीस्थित कार्यालयबाट केन्द्रीय कार्यालय तानिएको थियो । पछि उनको सरुवा सुनसरीकै जिल्ला प्रशासन कार्यालयमा भएको छ ।

गत मंसिर २२ मा उनले अख्तियारको इटहरी कार्यालयबाट रवाना लिई जिल्ला प्रशासन गएको अख्तियार स्रोतले बतायो । उनी गत वर्षको माघ मध्यतिर आयोगको हेटौंडा कार्यालयबाट इटहरी सरुवा भएका थिए ।

यसबारे प्रतिक्रिया लिन सुवेदीले फोन उठाएनन् । अख्तियारका सहप्रवक्ता भण्डारीले सुवेदीको कसुर देखिए कानुनबमोजिम कारबाही हुने स्पष्ट पारे । ‘कृष्ण सुवेदीमाथि परेको उजुरी अहिले पनि छानबिनकै क्रममा छ,’ भण्डारीले भने, ‘सबुत प्रमाण बुझ्ने र संकलन गर्ने काम भइरहेको छ ।

अख्तियार

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *