NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

नेकपा माओवादी केन्द्र प्रदेश १ समितिको दोस्रो बैठक विभिन्न निर्णय गर्दै सप्पन्न

1 Mins read

नेकपा माओवादी केन्द्र प्रदेश १ समितिको दोस्रो बैठकले पार्टीको प्रदेश कार्यालय राख्नका लागि आफ्नै भवन बनाउने निर्णय गरेको छ ।

विराटनगरको विष्णुमाया पुस्तकालयमा मङ्गलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले राष्ट्रिय सभामा गठबन्धनका उम्मेद्वारलाई मत हाल्न स्थानीय तहका जनप्रतिनिधि र प्रदेशसभा सदस्यलाई निर्देशन पनि गरेको छ ।

बैठकले प्रदेश कार्यालयको इन्चार्जमा टंक गिरी र सचिवमा मातृका बराललाई जिम्मेवारी दिएको छ । माओवादीले विभिन्न तीन कार्यदल पनि गठन गरेको छ । जसमा उपाध्यक्ष शिवकुमार डाँगी संयोजक रहेको उत्पादन सम्बन्धी अध्ययन कार्यदल, उपाध्यक्ष मणिकुमार साम्पाङ संयोजक रहेको सूचना प्रविधि उपयोग सम्बन्धि अध्ययन कार्यदल र उपाध्यक्ष देवान चाम्लिङ संयोजक रहेको सर्भेक्षण कार्यदल रहेको छ ।

बैठकले १४ जिल्लाकै नेताहरुसँगको परामर्शमा जिल्ला संयोजक, निर्वाचन क्षेत्र तथा पालिका इन्चार्ज तोक्ने निर्णय पनि गरेको छ । पार्टीले आगामि फागुन चैतसम्म संगठनात्मक अभियान चलाउने भएको छ । यस्तै वडा तहसम्म महाधिवेशनको मूल भाब सम्प्रेषण गर्न प्रशिक्षण आयोजना गर्ने, पार्टीले गरेका कामको प्रचार गर्ने, एक वडामा न्यूनतम ३ टोल कमिटी निर्माण गर्ने, एक टोल कमिटी ३ सेल कमिटी निर्माण गर्ने, जनवर्गीय संगठन र मोर्चाको बाँकी सम्मेलन वडादेखि गर्दै वैशाखसम्म प्रदेश सम्मेलन गर्ने, पाटी सदस्य संख्या थप १ लाख ५० हजारलाई वितरण गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै पालिका अधिबेशन सक्न बाँकी पालिकालाई माघ मसान्तसम्ममा सक्न पनि बैठकले निर्देशन दिएको छ । माओवादीको प्रदेश समितिको बैठकले आठ वटा जिल्लामा संयोजक पनि तोकेको छ । जसअनुसार खोटाङमा दिपक पाण्डे, उदयपुरमा बिनोद कट्वाल, सोलुखुम्बुमा असिम राई, भोजपुरमा नगेन्द्र भुजेल, तेह्रथुममा इम्जुङ, संखुवासभामा टेकमान राई, पाँचथरमा होमबहादुर जबेगु र इलाममा सोममाया राई संयोजक तोकिएका हुन् ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *