NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
FEATURE

भारतिय चर्चित गायिका लता मंगेशकरको निधन

1 Mins read

नेपाली गीतमा समेत समधुर आवाज दिएकी चर्चित भारतीय गायिका लता मंगेशकरको निधन भएको छ ।

गायिका लता मंगेशकरको निधन भएको खबर शिवसेना सांसद सञ्जय राउतले दिएका हुन् । गायिका लता मंगेशकरको अवस्था निकै नाजुक भएपछि शनिबार दिउँसो उनलाई फेरि भेन्टिलेटरमा राखिएको थियो ।

उनको अवस्था चिन्ताजनक रहेको डाक्टरहरुले बताइरहेका थिए । मुम्बईको ब्रीच क्यान्डी अस्पतालका डा. प्रतीत सम्धानी र उनको टोलीले लता जीको स्वास्थ्यको निगरानी गरिरहेको थियो ।

आइतवार डा. प्रतीतले लता जी अझै आईसीयूमा उनको निगरानीमा रहेको जानकारी दिएका थिए । आज पनि पवभिन्न व्यक्तित्वहरु ब्रीच क्यान्डी अस्पताल पुग्ने क्रम जारी छ ।

केन्द्रीय मन्त्री नितिन गडकरी पनि आज ब्रीच क्यान्डी पुग्न सक्नेछन् । अस्पतालबाहिर शनिबार रातिदेखि सञ्चारकर्मीको भीड लागेको छ भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

पदेर रोडमा रहेको लताजीको घर प्रभुकुञ्जको सुरक्षा पनि बढाइएको छ । फ्यानहरु स्वास्थ्य लाभको कामना गरिरहेका थिए तर सबै व्यर्थ भएको छ । ९२ वर्षको उमेरमा उनले यो संसार छोडेर गइन्

Related posts
FEATURE

दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ

1 Mins read
आवर बेलका/केरला बन्यो चरम गरिबीमुक्त पहिलो भारतीय राज्य दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ। मुख्यमन्त्री पिनारायी…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *