कृष्णमान चौधरी । बेलका /
भागलपुरका विद्यार्थीहरु नेपालमै पहिलो पटक गाउँ परिवेशमा क्षुद्रग्रह खोज्दै
बिज्ञान गरिने चिज हो, बुझाई र घोकाईबाट मात्रै बिज्ञानले पुर्णता पाउँदैन,सैद्धान्तिक पाटोको सहि प्रयोगात्मक अभ्यासले मात्र विग्यानलाई पुर्ण बनाउँछ। भागलपुर, बेलका न.पा-२, उदयपुरका विद्यार्थीहरुले पाठ्यक्रममा सैद्धान्तिक रुपमा पढ्दै आएका सौर्य परिवार,तारा, ग्रह,उपग्रह तथा क्षुद्र ग्रहहरुलाई व्यवहारिक रुपमा बुझि क्षुद्र ग्रह खोज्ने २ दिने(फेब्रुअरी-5 र फेब्रुअरी-6) तालिम सम्पन्न गरेका छन भने फेब्रुअरि को अन्तिम सातादेखि हुने क्षुद्र ग्रह खोज्ने कार्यक्रम All Nepal Asteroid Search Campaign मा “Our Bhagalpur” नामक समुह बनाई सहभागि हुदै छन्।

क्षुद्र ग्रह सौर्यमण्डल भित्र पाईने एक खगोलिय पिण्ड हो, जसलाई सानो ग्रह पनि भनिन्छ।विज्ञानका अनुसार ४.६ बिलियन वर्ष अघि सौर्य मण्डलको उत्पति हुदा उभ्रीएका लाखौ संख्यामा रहेका सानातिना चट्टानजन्य लाम्चो आकारका पिण्डहरु सौर्यमण्डलका अन्तरिक्षमा छरपस्ट हुनपुगे जसलाई क्षुद्रग्रह भनिन्छ। यो विद्यालयको पाठ्यक्रममा नसमेटिएको एक संभावित खतरनाक प्राकृतिक प्रकोप पनि हो। यि स- साना ग्रहहरु प्राय गरि अधिकतम रुपमा मङगल ग्रह र वृहस्पति ग्रह बिचको अन्तरिक्षमा पाईने गर्छन, जसलाइ मेन बेल्ट एस्टेरोइड भनिन्छ। सयौँ किलोमीटर अर्धव्यास(भेस्टा नामक ५३३ किलोमीटर व्यास रहेको क्षुद्रग्रह अहिलेसम्म पत्ता लागेको सबैभन्दा ठुलो क्षुद्रग्रह हो।)भएका ठुला ठुला क्षुद्र ग्रहरु देखि लिएर १० मिटर व्यास(सबैभन्दा सानो व्यास भएको क्षुद्र ग्रह) भएका सानातिना क्षुद्रग्रहरु सुर्यलाई परिक्रमा गर्दै जाने क्रममा कहिले काहिँ पृथ्वीको साम्ने आइपुग्ने गर्छन। यसप्रकार पृथ्वीको गुरुत्व बलले उक्त क्षुद्रग्रहलाई आफु तिर तान्ने गर्छ। जसका कारण उक्त क्षुद्रग्रह पृथ्वीमा ठोक्किन पुगि नरसंहारको अवस्था सृजना हुनसक्छ त्यसैकारण यसलाई बाढि,पहिरो या भुईचालोजस्ता प्राकृतिक प्रकोपहरुभन्दा निकै शक्तिशाली प्राकृतिक प्रकोप मान्ने गरिन्छ।

नेपाल एस्ट्रोनोमिकल सोसाईटिद्वारा अनलाईन माध्यमबाट भागलपुर गाउँका विद्यार्थीहरुलाई उक्त क्षुद्रग्रह खोज्ने तालिम प्रदान गरिएको हो।तालिममा कक्षा-८ देखि कक्षा-११ सम्मका ४ जना विद्यार्थीहरुले भाग लिएका थिए। ग्रामिण क्षेत्रको परिपेक्ष्यमा नेपालमै पहिलो पटक गाउँका विद्यार्थीहरुले क्षुद्र ग्रह खोज्ने तालिम उदयपुरको भागलपुर गाउँमा सम्पन्न गरेका हुन् र त्यसैगरि गाउँबाटै क्षुद्र ग्रह खोज्ने नेपालमै पहिलो समुह बन्ने छन।क्षुद्र ग्रह खोज्ने कार्यक्रममा सहभागि जनाउन विद्यार्थीहरुले ५ जनाभन्दा कम सदस्य भएको समुह बनाउनुपर्नेहुन्छ। तालिम अनलाईनको माध्यमबाट हुने भएकाले विद्यार्थीहरुसँग कम्प्युटर र इन्टरनेट आवश्यक पर्ने भएकाले यस गाउँका विज्ञानमा लगाव भएका विद्यार्थिहरुसँग ईच्छा शक्ति बाहेक केहि थिएन।
यो अवस्था बुझि कम्प्युटर र इन्टरनेटका लागि तालिम व्यवस्थापक तथा सहयोगि शहदेव राईले दर्जनौ कम्प्युटर र इन्टरनेट सेवा उपलब्ध भएको स्थानिय सामुदायिक विद्यालयसँग कुरा राख्दा विद्यालयले अस्विकार गरेको नगरपालिका भरि दुई दिन विद्यार्थिका लागि भनेर ल्यापटपको खोजि गरि र इन्टरनेटका लागि वाईफाईको सुविधा रहेको राईको आफ्नै दिदिको घरमा बसि तालिम लिने वातावरण मिलाईदिए फलस्वरूप तालिम सम्पन्न भएको थियो।
यस कार्यक्रममा विद्यार्थिहरुले घरमै बसि बसि अनलाईनको माध्यमबाट एस्ट्रोमेट्रीका सफ्टवेयर प्रयोग गर्दै कसरि क्षुद्रहरु खोज्न सकिन्छ ,भन्नेबारे स्पष्टसँग सिकेँका बताउछन ।सहभागि विद्यार्थीहरु।क्षुद्र ग्रह खोज्दै जाँदा यदि विद्यार्थीहरुले क्षुद्र ग्रह पत्ता लगाए भने उक्त क्षुद्र ग्रहलाई चिनिने नाम विद्यार्थी स्वयमले दिन पाउनेछन्।यस प्रकारका विज्ञानका अन्तर्राष्ट्रिय प्रोजेक्टहरुमा गाउँका विद्यार्थीहरु संलग्न हुनु सिंगो देशका लागि फाईदाजनक, प्रेरणादायी र उदाहरणीय बन्न पुगेको छ।
अहिलेसम्म नेपाल एस्ट्रोनोमिकल सोसाइटिबाट क्षुद्र ग्रह खोज्ने विद्यार्थीहरुले ३० वटा क्षुद्र ग्रहहरु पत्ता लगाई सकेका छन् जसमा २७ वटा नेपालि विद्यार्थीहरुको समुहले, २ वटा भारयिय विद्यार्थीहरुका समुहले भने १ वटा युनाइटेड अरब एमिरेट्सका विद्यार्थीहरुका समुहले पत्ता लगाउन सफल भएका छन्। यो कार्यक्रम अमेरिकि बैज्ञानिक संस्था नासाको सिटिजन्स साईन्स प्रोजेक्टहरु मध्यको एउटा प्रोजेक्ट हो । यसमा बिज्ञानका विद्यार्थीहरुमात्र नभएर इच्छुक सम्पुर्ण नागरिकहरुले भाग लिन सक्छन्। यस कार्यक्रम International Asteroid Search Collaboration (IASC) भन्ने अन्तरास्ट्रिय संस्थाले अमेरिकाको हार्डि सिम्मोन युनिभर्सिटि र हवाई युनिभर्सिटीसँग आवद्द रहेको Pan-STARRS रिसर्च प्रोजेक्टसँग भएको टेलिस्कोप साथै अन्य विभिन्न वैग्यानिक संस्थाहरुसँगको सहकार्यमा विश्वभर क्षुद्र ग्रह खोज्ने कार्यक्रम चलाउदै आईरहेका छन्।त्यसै क्रममा सन् २०१४ देखि नेपाल एस्ट्रोनोमिकल सोसाईटिले IASC सँग सहकार्य गर्दै नेपालि तथा विदेशि विद्यार्थिहरुलाई नेपालबाट क्षुद्र ग्रह खोज्ने कार्यक्रममा सहभागि गराउँदै आएका छन।


