बेलकामा ४०० केजि गाजा प्रहरी द्वारा पक्राउ
उदयपुरको बेलका नगरपालिका वार्ड न -८ सिर्वानीमा गाजाको वसारपसार भैरहेको गोप्य सूचनाको आधामा ईलाका प्रहरी कार्यलय बेलकाको टोलिले बिहानको २ बजे ४०० किलो गाजा पक्राउ गरेको हो ।
को १ ज २७६१ नम्बरको महेन्द्र बोलेरमा लियाउदै गर्दा १६ वटा बोरामा प्याक गरिएको गाजा पक्राउ गरेको हो । गाजा सहित नगद ६३,०२५ तिरसट्ठी हजार पच्चीस रुपैया र ४ थान विभिन्न मोडेलका मोबाइल बरामद भएको हो ।
गाजा वसारपसारमा सङ्ग्लन उदयपुर बेलका -७ का बर्ष २९ का मनोज राई त्यसैगरि बेलका -८ का गोकुल राई र सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका वार्ड न -१ बस्ने बर्ष २३ को मनिष धामी रहेको बताइएको छ ।

निजहरुलाई लागू औसध एन २०३३ बमोजिम १० दिनको म्याद थप गरि अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारि तथा प्रहरी नायब निरीक्षक बेद प्रसाद गौतमले बताय।


