NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जनराजनीति

गायक राजेसपायल राई माओवादी केन्द्र प्रवेश

1 Mins read

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कलाकर्मीहरुले भेट गरेका छन् । प्रचण्ड निवास खुमलटारमा बिहीबार बिहान गायक राजेशपायल राई, हास्य कलाकार सन्दीप क्षेत्री, मोडल करिश्मा ढकाल लगायतले भेट गरेका हुन् ।

भेटमा प्रचण्डसँग नेपाली संगीत र पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा कुराकानी भएको गायक राजेशपायल राईले जानकारी दिए । ‘प्रचण्डजीले भेट्न खोज्नु भएको छ भन्ने खबर मलाई दुई हप्ताअघि नै आएको थियो । म आफैं पनि समय व्यस्तताका कारण भेट्न पाइरहेको थिइनँ । नेपाली कलाकार र संगीतलाई माया गर्ने नेता भएका कारणले पनि भेटघाट भएको हो । विशेषगरी मैले उहासँग नेपाली गीतसंगीतको विकासका लागि के गर्न सकिन्छ भन्ने विषयमा नै कुराकानी गरें,’ उनले भने ।

प्रचण्डसँग पछिल्लो राजनीतिक घटनाक्रम र एमसीसीको विषयमा पनि आफूहरुले चासो राखेको राजेशपायलले बताए ।

यस्तै, कलाकार सन्दीप क्षेत्रीले प्रचण्डसँग समसामयिक विषयमा नै कुराकानी भएको बताए । उनले भने, ‘हामी कलाकार भएको नाताले नेताहरुसँग भेटघाट हुनु सामान्य नै हो । उहाँसँग मैले नेपाली कलाकारिता क्षेत्रको विषयमा नै कुरा गरेको हुँ ।’
केही समय देखि नेपालका ख्यातिप्राप्त कलाकार हरु माओवादी केन्द्र प्रबेस गर्ने तयारी गरेको बुझिएको छ ।कार्यक्रम ग्लयामर गफमा कलाकार राजेसपाएल राइले प्रचण्ड रोजेको अहिले चर्चाको बिषय बनेको छ। राष्ट्रियताको बिषयमा प्रचण्ड मन परेको बताय राइले । राई छिटै प्रवेश गर्ने तयारी बुझिएको छ ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *