NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

सप्तकोसी नगरपालिका (फत्तेपुरमा) झडप दुई घाइते

1 Mins read

सप्तरीको सप्तकोशी नगरपालिकामा विभिन्न ४ राजनीतिक दलले लगाएको ताला नगरपालिकाल् तोडेपछि आइतबार झडप भएको छ । झडपका क्रममा वडाध्यक्षसहित दुई जना घाइते भएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी ९जसपा० र नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले विभिन्न ६ बुँदे माग राख्दै बिहीबार नगरपालिकाको कार्यालयमा ताला लगाएका थिए । नगरपालिकाका जनप्रतिनिधिले शुक्रबार ताला खोलेर काम सुरु गरेका थिए । आइतबार पुन ताला लगाउन पुगेको टोलीलाई प्रहरीले रोके पछि नगरपालिका नै तोडफोड गरेका थिए ।

झडपका क्रममा सप्तकोशी नगरपालिका–४ का वडा अध्यक्ष बद्रीनारायण चौधरी र वडा नम्बर ९ का किसुन यादव घाइते हुुनु भएको छ । घाइते दुबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

सम्भावित झडप रोक्न नगरपालिका कार्यालय वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । आर्थिक वर्ष २०७८र७९ का नगरभित्रका सबै ११ वटै वडाका योजना कार्यान्वयन गर्नुपर्ने, बेरुजुको विवरण र आन्तरिक लेखा परीक्षणको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै चार दलले गत माघ २४ गते नगर प्रमुखलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्रको बेवास्ता गरेको भन्दै उनीहरुले बिहीबार तालाबन्दी गरेका थिए ।

नगरपालिकाका मेयर उतम गौतमले प्रशासन लगाएर तालाबन्दी गर्न अवरोध गरेकाले घट्ना भएको माओवादी केन्द्रका नेता धुर्व कार्कीले बताउनु भयो । यता मेयर गौतमले भने ४ दलका प्रतिनिधिहरुलाई वार्तामा बोलाउन नआएको बताउदै आउनु भएको छ ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *