वरपिपल माद्यामिक बिध्यालयका १-५ सम्मका २०० विद्यार्थीलाई झोला बितरण गरिएको छ। बेलका नगरपालिका उपप्रमुख पृष्ठपोषण कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई झोला बितरण गरिएको हो ।
बेलका नगपालिकाको केन्द्रमा रहेको वरपिपल माध्यमिक बिध्यालयमा १-१० सम्म अहिले ७०० सय विद्यार्थी पढ्दै आएको छ्न । विद्यार्थीको नियमित उपस्थित तथा गुणस्तरीय शिक्षा प्रदान गर्न रचनात्मकरुपमा विद्यार्थीलाई झोला बितरण गरिएको हो । गतबर्ष ९/१० का विद्यार्थीलाई टाढा टाढा बाट आउने विद्यार्थी छात्रलाई साइकल बितरण समेत गरिएको हो। 
झोला बितरण कार्यक्रममा बिध्यालयका ब्यबस्थापन समिति अध्यक्ष भरत घिमिरेको अध्यक्षतामा बेलका नगरउपप्रमुख राजकुमारी चौधरी ,बेलका वार्ड न -९ का अध्यक्ष मोहन प्रसाद घिमिरे बेलका जनता क्याम्पस प्रमुख सुमन कट्वाल ,नेकपा एमाले बेलका उपसचिव हिराजङ राई ,प्रेस सम्योजक सुमन सागर खतिवडा ,हातेमालो सहकारी सचिव ललित थापा ,प्रअ चन्द्र नारायण तामाङ लगायत स्थानीय बुद्धिजीवी ,अबिभाबक ,विद्यार्थीको उपस्थितमा झोला बितरण गरिएको हो।
बेलकाको केन्द्रमा रहेर पनि केही छायांमा परेको भयपनी बिध्यालयलाई समुन्नत बनाउन अगाडि बढाउन व्यवस्थापन समिति अध्यक्ष घिमिरेले स्थानीय सरकार समक्ष निवेदन प्रस्तुत गरेको हुन । अब छिटै ११ पढाइ गर्नको लागि नगरपालिकाले सहयोग गर्नु पर्ने बताय ।
कार्यक्रममा विशेष अतिथि मोहन घिमिरेले बिध्यालयको सर्वाङिण बिकास र भौतिक पुर्वाधार बनेसगै अब बेलकाको नमुना विध्यालय बनाउन लागिपर्ने र जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए ।
प्रमुख अतिथि चौधरीले समग्र बेलकाको बिकास र शिक्षा क्षेत्र र उपप्रमुख पृष्ठपोषण कार्यक्रम बाट धेरै बालबालिका विद्यार्थी लाभान्वित भएको बताइन। विद्यार्थीको हक अधिकारको लागि लागिपरेको र बरपिपल स्कुल लाई फ़ेरि सहयोग गर्ने बताइन।
प्रअ चन्द्र नारायण तामाङले बिध्यालयको समग्र अवस्थाको बारेमा उपस्थित सम्पुर्णमा जानकारी गराएको हुन ।


वरपिपल माध्यमिक बिध्यालयले विद्यार्थीको लागि पढ्दै कमाउदै कार्यक्रम समेत संचालन गरिरहेको हुदा थप सहयोगको लागि विभिन्न संघ सस्था सग सहयोगको अपिल गरिएको बताय शिक्षक महेस पौडेलले ।
बाकी ६-१० सम्मका विद्यार्थीलाई पनि केही समय पछि आवश्यकता अनुसार केही सामग्री बितरण गर्नको लागि छलफल भैरहेको हो।







