NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीतिसमाचार

पर्साको सखुवाप्रसौनीको उपाध्यक्ष चौधरीले कुटिन अध्यक्ष लाई

1 Mins read

पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जैसवाल र उपाध्यक्ष फलुमति देवी चौधरीबीच विवाद बढ्दै जाँदा कुटाकुट भएको छ । उपाध्यक्ष चौधरीले विकास निर्माण र गाउँपालिकाको ८ औं गाउँसभाबारे जानकारी माग्दा अध्यक्षसहित वडाअध्यक्षको समूहले हातपात गरेको आरोप लगाएकी छन् ।

अध्यक्ष भन्छन्- ‘उहाँले चप्पलले हिर्काउनुभयो ।’ उपाध्यक्ष भन्छिन् – ‘मलाई कोठामा थुनेर कुटियो । उहाँले अपशब्द नबोलेको भए चप्पल उठ्दैनथ्यो ।’
वीरगन्ज — पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जैसवाल र उपाध्यक्ष फलुमति देवी चौधरीबीच विवाद बढ्दै जाँदा कुटाकुट भएको छ । उपाध्यक्ष चौधरीले विकास निर्माण र गाउँपालिकाको ८ औं गाउँसभाबारे जानकारी माग्दा अध्यक्षसहित वडाअध्यक्षको समूहले हातपात गरेको आरोप लगाएकी छन् ।

अध्यक्ष जैसवालले भने सामान्य वादविवाद हुँदा उपाध्यक्षले नै आफूमाथि पानीको बोत्तल हिर्काइ दुर्व्यवहार गरेको दाबी गरेका छन् । जैसवालले सोमबार नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजन गरी उपाध्यक्षले दुर्व्यवहार गरेको बताए । यसअघि उपाध्यक्ष चौधरीले अध्यक्षसहितको समूहले आफूलाई आइतबार कुटपिट र दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।
कुटपिटले चोटपटक र डाम बसेको उनको दाबी छ । अध्यक्षका अनुसार आइतबार करिब साढे ३ बजे गाउँपालिका कार्यालयको आफ्नो कार्यकक्षमा पुग्दा उपाध्यक्ष लगायत ५ जना वडाध्यक्ष बसिरहेका थिए । ‘अन्य विषयमा कुराकानी सुरु हुँदा उपाध्यक्षले ८ औं गाउँसभाबारे मलाई जानकारी नगराई किन मनोमानी गरेको भन्दै उग्र हुन थालिन्,’ अध्यक्षले भने, त्यसपछि मैले गाउँपालिका अध्यक्षसँग बोल्न तपाईँलाई तमिज नभएकाले नम्र भएर कुरा गर्नुस् भनेको थिएँ । यदि समस्या छ भने सम्बन्धित निकायमा मुद्दा गर्नुस्, यति भनेपछि उहाँले तैले मलाई बोल्न सिकाउने भन्दै टेबुलमा रहेको बोत्तल उठाएर हिकाइन्।’

अध्यक्षका अनुसार उपाध्यक्ष पहिले पनि अन्य विषयमा बढी रिसाउने गर्थिन् । तर फेरि शान्त भइहाल्थिन् । ‘आइतबार पानीको बोत्तल उठाएपछि मैले सोचें मजाक गर्दै हुनुहुन्छ,’ उनले भने, ‘बोत्तलले हिर्काए पनि म आफ्नो कुर्सीमै बसिरहेको थिएँ, तर त्यसपछि झन् अभद्र व्यवहार गरिन् ।’

गाउँपालिकाका अन्य कर्मचारीहरूका अनुसार उपाध्यक्षले अध्यक्षलाई चप्पलले समेत हिर्काएकी थिइन् । जुन सीसीटीभी क्यामेरामा कैद भएको उनीहरू बताउँछन् । दुर्व्यवहार गरेपछि उपाध्यक्षका भाइ र वडा ५ का अध्यक्षले उनको हात समाएर कार्यकइ बाहिर निकालेको अध्यक्षले बताए ।

‘मसँग नसोचेको घटना भयो। आफ्नै बेइज्जती हुन्छ भनेर मैले बाहिर गुनासो गरिन, सामान्य वादविवादको रुपमा लिएको थिएँ,’ अध्यक्ष जैसवालले भने, ‘तर उपाध्यक्ष राति नारायणी अस्पतालमा भर्ना भई केही सञ्चार माध्यममा अध्यक्षले कुटपिट गरेको आरोप लगाएपछि आफू घटना सार्वजनिक गर्न बाध्य बनेको हुँ ।’ साथै कार्यकक्षमा सीसीटीभी जडान भएको कुरा उपाध्यक्षले याद गरेको भए यस्तो गलत आरोप नलगाउने अध्यक्ष बताउँछन् ।

उपाध्यक्ष चौधरीले अध्यक्षले अपशब्द प्रयोग गरेपछि आफू बाध्य भएर चप्पल उठाउनु परेको बताउँछिन् । ‘मैले चप्पल हिर्काएको सीसीटीभीमा कैद भएको छ,’ कान्तिपुरसँग उनले फोनमा भनिन्, ‘तर, अध्यक्षले प्रयोग गरेको अपशब्द भाषा र गाली कैद भएको छैन, अपशब्द भाषा नबोलेको भए चप्पल उठ्दैनथ्यो ।’ उनका अनुसार आइतबार कार्यकक्षमा अध्यक्ष आएपछि नमस्कार गरी उनी बाहिर निस्किन लागेकी थिइन् ।

तर, वडाध्यक्षहरुले बस्न आग्रह गरेका थिए । ‘गुपचुप रुपमा गाउँसभा गर्नुभयो, मेरो अधिकारबाट मलाई बञ्चित राख्नुभयो, किन त्यस्तो गर्नुभयो भनेर अध्यक्षलाई सोधेँ,’ उपाध्यक्ष चौधरीले भनिन्, ‘अध्यक्षले मलाई थाहा छैन भने । मैले फेरि सोधेँ अनि अध्यक्षले गाली गर्न थाले । गाली नगर्नुस् भनी आग्रह गर्दा अपशब्द बोल्न थोले अनि बाध्य भएर चप्पल उठाएँ ।’ अध्यक्षकै निर्देशनमा वडाध्यक्ष लगायतको समूहले आफूलाई एउटा कोठामा चुकुल लगाएर केही समय थुनेको पनि उनले बताएकी छन् ।

‘कुटपिटले मेरो शरीरमा डाम बसेको छ,’ उनले भनिन्, ‘छाती र पिठ्युँमा चोट लागेको छ । कारबाहीको लागि प्रहरी प्रशासनमा जाहेरी दिन्छु ।’ उता अध्यक्ष जैसवालले समेत उपाध्यक्ष विरुद्ध उजुरी दिने बताएका छन् । अध्यक्ष र उपाध्यक्षको झगडाले सोमबार दिनभर गाउँपालिका बन्द रहेको स्थानीय रामकिशोर चौधरीले बताए।
कान्तिपुर डटकमबाट साभार

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *