सामुदायिक बनको अध्यक्षको मिलेमतोमा ढुङ्गा तस्करी गर्दा स्थानीय उपभोक्ताले बेलका नगरपालिका वार्ड न -४ सिखर सामुदायिक बन उपभोक्ता बन क्षेत्रबाट ५ वटा टिफर र एउटा स्काभेटर नियन्त्रणमा लिएको छ्न 

पछिल्लो समय बेलका नगरपालिकाको विभिन्न क्षेत्रमा स्थानीय सरकारको मिलेमतोमा ढुङ्गा तस्कर तिब्र हुँदै आएको छ । चुनाव नजिकै आएसगै ढुङ्गा तस्करी तिब्र रूपमा फैलिएको हो ।
नम्बरि जग्गाको कागजपत्र मिलाएको भन्दै जथाभावी एलेनी जग्गाको ,जङ्गल क्षेत्रको जग्गाको ढुङ्गा उत्खनन हुदा बेलकाको विभिन्न गाउँ बस्ती जोखिममा परेको देख्न सकिन्छ ।
पटक पटक आवर बेलका अन्लाईनमा समाचार सम्प्रेषण भयपस्चात केही समय अगाडि बेलकाको विभिन्न ठाउँबाट प्रहरी र स्थानीय सरकारले ५ वटा स्काभेटर पक्राउ गरि ४ लाख भन्दा धेरै राजस्व उठेको हो।

सिखर सामुदायिक बन बेलका -४ मा पर्ने सामुदायिक बन हो बनका अध्यक्ष रुद्र् खतिवडा छ्न जस्को मिलेमतोमा जङ्गलको ढुङ्गा एकलौटी लैजादै गर्दा संबंधित बनका उपाध्यक्ष सोम प्रसाद आचर्य सचिव कृष्ण आचर्य सदस्य सिताराम घिमिरे लगातय बहुमत सदस्य ,उपभोक्ताले तस्करी गर्दै गर्दा पक्राउ गरेको हुन। निज सामुदायिक बनका अध्यक्ष नेकपा एमाले बेलका -४ का इन्चार्ज समेत हुन । स्थानीय सरकार आफ्नै छ भन्दै स्थानीय उपभोक्तालाई गुम्रामा राख्दै ढुङ्गा बेचेको आरोप छ । खतिवडा डरले मोबाइल अफ पारेर भागेको बनका सदस्यले बताय ।
स्थानीय जनताले पक्राउ गरि इलाका प्रहरी कार्यलय रामपुरलाई जिम्मा लाएको र प्रहरीले बनलाई बुझाउने प्रक्रियामा अगाडि बढेको छ ।
दिनहु सयौ टिफर ढुङ्गा बाहिर लैजादै गर्दा सब डिभिजन बनका कर्मचारी नदेखे जस्तै गरेको देख्न पाइन्छ ।भने स्थानीय सरकारले जथाभावी उत्खनन गर्न दिदा बाढी ,पहिरोको जोखिम धेरै भएको स्थानीय जनताको गुनासो छ ।
बेलका नगरपालिकाको विभिन्न क्षेत्रबाट अहिले ढुङ्गा तस्करी हुन थालेको छ । बेलका नगरपालिका बाट नगरभित्र बिकास निर्माण कामको सिफारिस काट्ने तर संबंधित निकाय सगको सेटिङमा सुनसरी ,सप्तरी ,भारतिय बोर्डर पुग्ने गरेको छ यसबारे बेलका नगरपालिकाका जनप्रतिनिधि तथा सम्बन्धि निकाय मौन छ्न ।

त्यस्तै निजि जग्गाबाट ब्यक्तीले बाताबरणिय प्रभाव मुल्यांकन गरेर ढुङ्गा निकाल्ने तर एक ठाउँ iee गर्ने अर्को ठाउबाट दिनरात ढुङ्गा सिमापारी तस्करी भैरहेको छ । बाताबरणिय प्रभाव मुल्यांकन एकातिर ढुङ्गा उत्खनन अर्को तिर हुदा बेलका -४/५/६/८ मा स्थानीय जनता त्रसित हुन थालेको छ्न ।
नम्बरिको नाममा भिर पाखा खोत्लदा स्थानीय उपभोक्ता जनता पहिरो जाने डरले दिनरात डराइरहेको छ्न तर स्थानीय जनप्रतिनिधि तथा सब डिभिजन बन रामपुर तथा मैनामैनी चुपचाप बसिरहेको र नदेखिरहेको अवस्था छ ।
ढुङ्गा गिटि उत्खनन तथा बिक्रि ब्यबस्थापन मापदण्ड निर्देशिका २०७७ अनुसार नभएको पाइएको छ ।



