ड्राइभर पिता र सफाइकर्मी आमाका छोरा : जसले पञ्जाबका मुख्यमन्त्रीलाई हराए
भारतकव पञ्जाब राज्यका मुख्यमन्त्री चरणजीत सिंह चन्नीलाई भदौर क्षेत्रमा पराजित गरेपछि आम आद्मी पार्टीका लाभ सिंह उगोके एकाएक चर्चामा आएका छन्।
लाभ सिंह उगोकेलाई आम आदमी पार्टीले वर्तमान मुख्यमन्त्रीविरुद्ध भदौर सिटबाट उम्मेदवार बनाएको थियो। उनी केबल ३५ वर्षका छन्।
लाभ सिंह उगोके भदौर क्षेत्रस्थित उगोके गाउँका बासिन्दा हुन्। राजनीतिमा आउनुअघि उनी एक मोबाइल फोनको दोकान चलाउँथे।
लाभ सिंहका पिता ड्राइभर हुन्। उनकी आमा गाउँकै स्कुलमा सफाई कर्मचारीका रुपमा कार्यरत छिन्।
उगोके सन् २०१३ मा आम आदमी पार्टीमा सामेल भएका थिए।
सन् २०१७ मा उनले भदौरबाट आपका उम्मेदवार पिरमल सिंह खालसाको चुनावी अभियानमा सक्रिय रुपमा सहभागिता जनाएका थिए।
पिरमल सिंह खालसा पहिले खैरा गुटसँग गएका थिए। त्यसपछि उनी कांग्रेसमा सामेल भएका थिए।
यस पटक आम आदमी पार्टीले उगोकेलाई टिकट दिएको थियो। उनले ठूलो अन्तसहित मुख्यमन्त्री चरणजीत सिंह चन्नीलाई पराजित गरेका छन्।
पञ्जाबका मुख्यमन्त्री चरणजीत सिंह चन्नीले ट्वीट गरेर कांग्रेसको हार स्वीकारेका छन्। उनले आम आदमी पार्टीलाई जितको बधाई दिएका छन्।
‘पञ्जाबका जनताले जो जनादेश दिएका छन्। त्यसलाई हामीले विनम्रतासँग स्वीकार गर्छौँ। आम आदमी पार्टीलाई बधाई! आम आदमी पार्टीका मुख्यमन्त्री उम्मेदवार भगवन्त मानलाई पनि धेरै बधाई। मलाई आशा छ भगवन्त मान जनताको आशामा खरो उत्रिनेछन्।’
यसअघि पञ्जाब कांग्रेस प्रमुख नवजोत सिंह सिद्धुले पनि आफ्नो हार स्वीकारेका छन्। उनले पनि आम आदमी पार्टीलाई बधाई दिएका छन्। नवजोत सिंह सिद्धुले अमृतसर पूर्वबाट चुनाव हारे।


