NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

उदयपुरमा रिटर्नी फेडेरेसन नेपालको सङ्गठन विस्तार तिव्र

1 Mins read

रिटर्नीको ज्ञान, सीप , पुँजी र रोजगार, समृद्ध नेपाल निर्माणको दिगो आधार’ भन्ने मुल नारा सहित वैदेशिक रोजगारबाट फर्किएका एमाले सम्बद्द नेता कार्यकर्ता एवम समर्थक शुभेच्छुक संगठित हुनेगरी स्थापित रिटर्नी फेडेरेसन नेपालले उदयपुरका वडा तहसम्म सङ्गठन विस्तारलाई तिव्रता दिएको छ ।
प्रदेश १ मै पहिलोपटक बेलका नगर स्तरीय भेला सम्पन्न गरेको फेडेरेसनले उदयपुर जिल्ला भेला सम्पन्न गरिसकेको छ । जिल्ला भेला पछि नगर तथा वडा भेला विस्तारमा सक्रिय फेडेरेसनले सयौँको सङ्ख्यामा रिटर्नीहरूको उपस्थिति सहित चौदण्डीगढी नगर भेला सम्पन्न गरेको छ।
वैदेशिक रोजगारमा रहँदा समेत प्रवासमा प्रवास सङ्गठनमा काम गरेका एमाले नेता कार्यकर्ता एवम समर्थक र शुभेच्छुकलाई रिटर्नी फेडेरेसनको स्थापनाले सङ्गठित हुन तथा जिम्मेवारी दिन र व्यवस्थापन गर्न सजिलो भएको कुरा नेकपा ( एमाले) उदयपुर जिल्ला कमिटी अध्यक्ष प्रमेश घिमिरे बताउनुहुन्छ ।
आठ वटा स्थानीय तह भएको उदयपुर जिल्लामा २ वटा स्थानीय तहको नगर भेला सम्पन्न भइसकेको र बाँकी स्थानीय तहको भेला सम्पन्न गर्ने कुरामा आवश्यक तयारी पूरा भइसकेको कुरा रिटर्नी फेडेरेसनका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राजकुमार घिमिरे बताउनुहुन्छ । इन्चार्ज घिमिरे थप्नुहुन्छ , ” अरु जिल्लामा भन्दा उदयपुरमा पार्टीका नेताहरू स्वयंको अग्रसरता र अभिभावकत्वले सङ्गठन विस्तारमा सहज भएको छ । पार्टीका युथ लिडरहरूको अभिभावकत्व अनि इनर्जेटिक रिटर्नीहरूको उत्साहजनक साङ्गाठनिक अभियानले रिटर्नी फेडेरेसन नेपाललाई पार्टीको अब्बल जनसङ्गठनको रुपमा स्थापित गर्ने कुरामा हामी अग्रसर छौँ । ”
गत पौष १६ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिको प्रमुख उपस्थितिमा काठमाडौको गठ्ठाघरस्थित जर्मन होम्स एण्ड हस्पिटालिटिमा राष्ट्रिय भेला सम्पन्न गर्दै रिटर्नी फेडेरेसन नेपाल गठन भएको हो ।
गत फागुन ६ गते उदयपुरको बेलका नगरबाट पहिलो नगर भेला सम्पन्न गर्दै उदयपुरको सङ्गगठन विस्तारको काम शुरु गरेको फेडेरेसनले अहिलेसम्म आइपुग्दा उदयपुरमा रिटर्नी फेडेरेसन नेपाललाई पार्टीकै पहिलो सक्रिय जनसङ्गठनको रुपमा स्थापित गरिसकेको जानकारी नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा पार्टीका रिटर्नी फेडेरेसन नेपालका जिल्ला इन्चार्ज दल बहादुर राउत ( दिपक ) बताउनुहुन्छ ।
“रिटर्नीको ज्ञान, सीप र पुँजीलाई देश विकासका निम्ति प्रयोग गर्नेतर्फ पार्टी जिल्ला कमिटी सधैं रिटर्नीको साथमा रहेको छ , ” उदयपुर जिल्ला कमिटी सचिव कालु लामा अगाडि थप्नुहुन्छ ।

“पार्टीको पहिलो पूर्ण बैठकबाट ‘म जिताउँछु मेरो वडा, हामी जिताउँछौँ हाम्रो पालिका’ नामक स्थानीय चुनाव केन्द्रित २ महिने अभियान सुरु गरेको उदयपुर , एमाले पार्टीका हरेक गतिविधिमा रिटर्नी फेडेरेसन नेपालको उत्साहजनक सहभागिताले पनि रिटर्नी फेडेरेसनको लोकप्रियता उदयपुरमा ह्वात्तै बढेको छ, ” नेकपा एमाले , उदयपुर जिल्ला कमिटी उपसचिव बताउनुहुन्छ ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *