NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

अध्यापन अनुमतिपत्रको परीक्षामा वस्तुगत प्रश्नमात्र सोधिने

1 Mins read

अध्यापन अनुमतिपत्रको परीक्षामा वस्तुगत प्रश्नमात्र सोधिने
शिक्षक सेवा आयोगले अबदेखि अध्यापन अनुमतिपत्रको परीक्षामा वस्तुगत प्रश्नमात्र सोध्ने भएको छ ।

आयोगले यसका लागि पाठ्यक्रम तयार गरिरहेको छ । पाठ्यक्रम स्वीकृत भएपछि सो लागू हुनेछ ।

यसअघि आयोगले एक सय पूर्णाङ्कको अध्यापन अनुमतिपत्रको परीक्षामा ४० प्रतिशत वस्तुगत र ६० प्रतिशत विषयगत प्रश्न सोध्ने गरेको थियो ।

आयोग विशेष सूत्रले दिएको सूचनाअनुसार पाठ्यक्रम समिति गठन गरिएको छ र समितिले पाठ्यक्रम संशोधनको अन्तिम चरणमा काम गरिरहेको छ । “लाइसेन्स परीक्षामा वस्तुगत प्रश्नमात्र सोध्ने निर्णयअनुरुप पाठ्यक्रम संशोधन गर्न लागेका हौँ” आयोग सूत्रले भने, “वस्तुगतमात्र प्रश्न सोध्दा छिटो नतिजा सार्वजनिक हुनुका साथै उत्तरपुस्तिका परीक्षणमा समेत सहज हुनेछ ।”

सूत्रका अनुसार परीक्षामा ५० वटा प्रश्न सोधिनेछ । यसर्थ एउटा प्रश्नको भार दुई अङ्कको हुनेछ । गलत उत्तर दिएमा प्राप्ताङ्क घटाउने अर्थात् नेगेटिभ मार्किङ गर्ने प्रावधानलाई पाठ्यक्रममा समावेश गरिने भएको छ । ओएमआर पद्धतिबाट उत्तरपुस्तिका परीक्षण गरिनेछ । जसले गर्दा नतिजा प्रकाशनमा निकै कम समय लाग्नेछ । उत्तरपुस्तिका परीक्षण गर्न विशेषज्ञलाइ दिइरहनुपर्दैन । यसले गर्दा उत्तरपुस्तिका परीक्षणमा हुँदै आएकाे लाखाैँ रूपियाँ खर्च समेत बचत हुनेछ ।

आयोगले वार्षिक कार्यतालिकामा चैत महिनामा अध्यापन अनुमतिपत्रका लागि विज्ञापन गर्ने उल्लेख गरेको थियो । आयोगले विज्ञापन सार्वजनिक गर्नुअघि पाठ्यक्रम प्रतिक्षा गरिरहेको बुझिएको छ । सामान्यतया नयाँ पाठ्यक्रम लागू भएको मितिले तीन महिनापछिमात्र परीक्षा सञ्चालन गर्न पाइने व्यवस्था छ । चैतमा विज्ञापन आह्वान भएमा आगामी असारमा परीक्षा सञ्चालन हुनेछ ।

आयोगले खुला प्रतियोगितामार्फत चैत १५ गते माध्यमिक तृतीय श्रेणी, चैत १७ गते निम्न माध्यमिक तृतीय श्रेणी र चैत १९ गते प्राथमिक तृतीय श्रेणीको परीक्षा सञ्चालन गर्दैछ । त्यस्तै चैत २१ गते तीन वटै तहको आन्तरिक प्रतियोगितात्मक बढुवा (२५ प्रतिशत)को परीक्षा सञ्चालन गर्दैछ । 

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *