बेलकामा -९ वर्षीया बालिका जबरजस्ती करणी गरेको अभियोगमा एक ब्यक्ती पक्राउ परेका छन ।
बेलका नगरपालिका–५ घुम्ने लालिगुँरास टोल बस्ने बर्ष – ४५ का गणेश खत्रीलाई करणी अभियोगमा प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो ।
खत्रीले ती बालिकालाई प्रलोभनमा पारी कुखुराको फर्ममा लगेर करणी गरेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले खत्रीलाई पक्राउ गरेको हो ।


