NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

फर्केर हेर्दा बेलका नगरपालिकाको गत स्थानीय तहको परिणाम र बैशाख ३० को चर्चा ?को कति बलियो?

1 Mins read

स्थानीय तहको चुनाव २०७४ मा बेलका नगरपालिकामा प्रमुख तीन पार्टीको प्रतिस्पर्धा देखिएको हो । २० बर्षपछि भएको स्थानीय चुनावमा कडा प्रतिस्पर्धा देखिएको हो । नेकपा एमाले ,नेपाली कांग्रेस ,नेकपा माओवादी केन्द्र यहाको दाबेदार पार्टी हुन भने अन्य जनता समाजबादी ,राप्रपा नेपाल ,खम्बुवान पार्टी पनि चुनावमा सहभागी भएको पार्टी हुन ।
जम्मा मतदाता २४५६९ रहेकोमा महिला १२२९१ र पुरुष १२२७८ हुन भने जम्मा खसेको मत १७१५९ हो जहाँ ६९.८४ % रहेको छ तर सदर मत १५४४३ हो। जम्मा ९ वटा वार्ड्मा नेकपा एमाले -६ वटा नेपाली कांग्रेस २ वटा नेकपा माओवादी केन्द्रले -१ वटा वार्ड प्यानल सहित जित हातपरेको हुन भने नगरप्रमुख र उपप्रमुख पनि नेकपा एमालेले जितेको तह हो।
नेकपा एमालेबाट दुर्गाकुमार थापाले – ५८१८ , नेपाली कांग्रेसबाट अशोक कार्किले- ५२६६ ,नेकपा माओवादी केन्द्रबाट रमण भट्टराईले – ४१३२ ,जनता समाजबादीबाट टिकाराम थामिले- १८९, राप्रपा नेपालबाट बिनोद रायमाझीले- ८६ , खम्बुवान राष्ट्रिय मोर्चाबाट खिसा बहादुर राईले-२९ मत प्राप्त गरेको हुन।
त्यसैगरी उपप्रमुख पदमा नेकपा एमालेबाट राजकुमारि चौधरीले- ६१३१ ,नेपाली कांग्रेसबाट दिपाकुमारी राईले -५२८६, नेकपा माओवादी केन्द्रबाट गङ्गासरि राईले – ३६३५, जनता समाजबादिबाट – सरस्वती राईले -२०६ ,राप्रपा नेपालबाट भुकुमारी गिरिले -१२१ ,खम्बुवान राष्ट्रिय मोर्चाबाट उर्मिला तामाङले -२० मत प्राप्त गरेको हुन।
बेलका नगरपालिकामा जम्मा निर्वाचित संख्या ५० रहेको र १९ जनाको कार्यपालिका रहेको छ ।
१८ बर्षभन्दा कम मतदातामा पुरुष -१४२, महिला – ५३ त्यसैगरी १८-२४ उमेरमा पुरुष -२५५६,महिला -१७४७ , त्यसैगरी २५-४० उमेर समुहमा पुरुष -४०२३ ,महिला -४७७४ ,त्यस्तै ४१-६० उमेरमा पुरुष -३७०१ ,महिला – ३८८१ त्यसैगरि ६१-७५ उमेरमा पुरुष -१५६०, महिला -१४६२ र ७५ उमेरभन्दा माथी पुरुष -४३६ ,महिला ४२८ रहेको हुन ।
बेलका नगरपालिका वार्ड न १ मा कांग्रेसको उम्मेद्बार दिनेस्वर चौधरीले १०१२ मत प्राप्त गर्दा प्रतिस्पर्धि दल नेकपा एमालेको उम्मेद्बार जङ्ग बहादुर खडकाले ६७६ मत प्राप्त गरेको हुन त्यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेद्बार गोपाल राईले ३६२ मत प्राप्त गर्दा राप्रपा नेपालका उम्मेद्बार ढोढाई चौधरीले २० मत प्राप्त गरेको हुन।
त्यसै गरि वार्ड न २ मा नेपाली कांग्रेसबाट मिश्रीलाल चौधरीले -९६२ ,नेकपा एमालेबाट बालजित राईले ८३४ ,नेकपा माओवादी केन्द्रबाट पर्सुराम कठेतले ३२७ ,राप्रपाबाट मोतिराम आचर्यले -६ मत प्राप्त गरेको हुन।
त्यसैगरी वार्ड न ३ मा नेकपा एमालेबाट भरत दर्लामीले ६७० त्यसैगरी नेपाली कांग्रेसबाट बाबुराम थापाले ५७१ ,नेकपा माओवादी केन्द्रबाट जनक राईले ४७० , जनता समाजबादीबाट शिव राईले २०४ , स्वतन्त्रबाट सुकदेब चौधरीले ७८ , राप्रपा नेपालबाट पदम बहादुर तामाङले २९ , खम्बुवान राष्ट्रिय मोर्चाबाट ४ मत प्राप्त गरेको हुन ।
त्यसैगरी वार्ड न -४ मा नेकपा एमालेबाट दिपक ६१३ दङ्गालले ,त्यसैगरी नेकपा माओवादी केन्द्रबाट मनोज तामाङले ६०४ , नेपाली कांग्रेसबाट पर्शुराम चौलागाईंले ३७० , राप्रपा नेपालबाट दल बहादुर थापाले २२, जनता समाजबादिबाट आसालाल माझीले २० मत प्राप्त गरेको हुन ।
त्यसैगरी वार्ड न -५ मा नेकपा एमालेबाट गोबिन्द बहादुर खड्काले ८०० नेपाली कांग्रेसबाट दुर्गा ना श्रेष्ठ ६९१ नेकपा माओवादी केन्द्रबाट दिपक रेग्मिले ५८१ ,स्वतन्त्रबाट टंक ब कट्वालले ८९ ,जनता समाजबादीबाट भिम बहादुर मगरले २६ मत प्राप्त गरेको हुन ।
त्यसैगरी वार्ड् न -६ मा नेकपा एमालेबाट वसन्त मगरले ६४३ ,नेपाली कांग्रेसबाट सोभितमान राईले ४४९ ,नेकपा माओवादी केन्द्रबाट रोहिणी राईले १९६ ,जनता समाजबादिबाट धन बहादुर थामिले २ मत प्राप्त गरेको हुन।
त्यसैगरी वार्ड न -७ मा नेकपा एमालेबाट सुरेन्द्र राईले ५७९ , नेकपा माओवादी केन्द्रबाट निकेस राईले ३७५, नेपाली कांग्रेसबाट लिला कुमार राईले २०५ ,राप्रपा नेपालबाट तुल बहादुर बस्नेतले ५ मत प्राप्त गरेको हुन ।
त्यसैगरी वार्ड न -८ मा नेकपा माओवादी केन्द्रबाट जयकुमार राइले ६२८ ,नेकपा एमालेबाट घनराज दाहलले ५२४, नेपाली कांग्रेस कुलराज राईले ४५० ,राप्रपाबाट ऋषिराज घिमिरेले ३० मत प्राप्त गरेको हुन।
त्यसैगरी वार्ड न -९ मा नेकपा एमालेबाट मोहन प्र घिमिरेले ५९९, नेकपा माओवादी केन्द्रबाट उमेस बिकले ३३७ , नेपाली कांग्रेसबाट चेतराज थापाले ३३१ ,राप्रपाबाट टिकाराम शर्माले ६९ मत प्राप्त गरेको हुन ।
यसैगरी हेर्दा बेलका नगरपालिकामा समग्र एमालेले जित हासिल गरेपनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पनि प्रतिस्पर्धामा देखिएको मतबाट देख्न सकिन्छ ।
अब २०७८/१२/३० को चुनावमा बेलकामा को कति बलियो कस्ले जित्ला बेलकामा ?
सरकारले स्थानीय तहको चुनाव घोषणा गरेसगै बेलकामा रहेका क्रियासिल राजनीतिक दल अहिले सङ्ठन निर्माणमा लाग्न थालेको देख्न सकिन्छ । अहिले नेकपा एमाले ,नेपाली कांग्रेस ,नेकपा माओवादी केन्द्र , नेकपा एकीकृत समाजबादी ,जनता समाजबादी , अहिले टोल टोलमा गयर सङ्ठन गर्दै गरेको देखिन्छ भने राप्रपा ,राप्रपानेपाल , नेकपा पन्ध्र सेप्टेम्बर ,मङ्गोल नेसनल अर्गनाइजेसन , खम्बुवान ,नेकपा बिप्लब ,नेकपा माले,पनि बिस्तारै अगाडि बढेको देखिदैछ ।
मुख्यत तीन ठुलो पार्टीबाट प्रतिस्पर्धा हुने देखिएको छ ,नेकपा एमाले ,नेपालि कांग्रेस ,नेकपा माओवादी केन्द्रबाट ?
कोको छ्न नगरप्रमुख ,उपप्रमुखका उम्मेद्बारी
नेकपा एमालेबाट नगरप्रमुखमा दुर्गा कुमार थापा ,धनपती आचर्य, नारद निरौला ,मोहन प्रसाद घिमिरे ,गणेश बस्नेत ,राजकुमारी चौधरी ,दिपक दङ्गाल अहिले चर्चामा देखिन्छन ।
त्यसैगरी उपप्रमुखमा -नगरप्रमुख नपाउदा राजकुमारी चौधरी साथै पुर्णकला बन्जरा, जिरा राई ,कुमारी तामाङ ,मिना आचर्य, पुन्यवती रेग्मी ,यसोधरा पोख्रेल ,सम्झना न्यौपाने ,निति तामाङ देखिन्छन ।
नेपाली कांग्रेसबाट नगरप्रमुखमा – अशोक कार्की ,सुशील सेढाई ,जय प्रसाद सुवेदी, प्रेम अधिकारि देखिन्छन ।
त्यस्तै उपप्रमुख मा अमृता धमला, नानुमाया घिमिरे ,निर्मला बस्नेत ,माया ओलि(कोइराला) दुर्गा सुवेदी ,अमृका राई ,दिपा राई देखिन्छन ।
नेकपा माओवादी केन्द्रबाट नगरप्रमुखमा रमण भट्टराई ,राकेश किराँती ,मनोज तामाङ ,भरत घिमिरे ,सुमन केसि,गङ्गासरी राई(बुङ्ममा) देखिन्छन ।
त्यस्तै उपप्रमुखमा नगरप्रमुख नपाउदा गङ्गासरी राई (बुङ्ग्मा), साथै-जय कुमार राई, ललित राई ,तिर्थ पराजुली ,भिमा न्यौपाने , देखिन्छन ।
अन्य दलबाट पनि प्रमुख ,उपप्रमुखमा उम्मेद्बार हुने बताइएको छ ।
केन्द्रमा जस्तैः गठबन्धन हुने कि नहुने या स्थानीय पार्टीलाई नै गठबन्धनको जिम्मा दिने हो भने यहाँ आ आफ्नो पार्टीमा आकाङ्क्षा गर्नेलाई मिलाउने हम्मे हम्मे देखिन्छ ।
राजनीति सम्भावना नै सम्भावनाको खेल र राजनीतिमा कोहि अस्थायी वा स्थायी शत्रु नहुने हुदा यहि बिचमा तालमेल हुन्छ भन्ने अहिले भन्न सकिन्न ।
नगरप्रमुख ,उपप्रमुखमा एक/एक जना महिला -पुरुष प्रत्येक पार्टीले उम्मेद्बारी बनाउनुपर्ने हुन्छ त्यसरि बनाउदा समग्र भूगोल हेरेर उम्मेद्बार बनाउनुपर्ने राजनीतिक दललाई आवश्यकता छ ।
यसरि बेलकामा हेर्दा नेकपा माओवादी केन्द्र अहिले निर्णायक दल देखिएको छ ।
एक्लै एक्लै चुनाव लड्दा नेकपा एमाले ,नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सग नेकपा एकीकृत समाजबादी , जनता समाजबादी ,मङ्गोल नेसनल अर्गनाइजेसन , खम्बुवान ,नेकपा माले जस्ता पार्टी एक भयर लड्दा अहिलेको तुलनामा ठ्याक्कै कस्ले जित्छ भन्ने देखिन्न तर एमाले र कांग्रेस सग माओवादी जहाँ लाग्दा पनि जित हासिल गर्ने देखिन्छ त्यसैले बेलका नगरपालिकामा कांग्रेसले एमाले लाई हराउन एमाले ले कांग्रेस लाई हराउन माओवादी केन्द्रलाई प्रमुख पद दिएर अगाडि बढ्ने चर्चा अहिले सर्बत्र चलिरहेको देखिन्छ ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *