NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
FEATURE

मोरङको लेटाङमा यौन दुर्व्यवहारको विषयलाई लिएर तनाव हुँदा एक महिला प्रहरीको हत्या

1 Mins read

मोरङको लेटाङमा यौन दुर्व्यवहारको विषयलाई लिएर तनाव हुँदा एक महिला प्रहरीको हत्या गरिएको छ। आक्रोशित स्थानीयको भीडबाट प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

छुरा प्रहार गरिएका उर्मिलाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको घटनास्थलमा रहेका मोरङ प्रहरी प्रमुख जनार्दन जोशीले अन्नपूर्णलाई जानकारी दिए। ‘उहाँको घाँटीमै छुरा प्रहार भएपछि गम्भीर हुनुभएको थियो। अस्पताल लैजाँदै गर्दा उहाँको मृत्यु हुन पुग्यो। यसबारे हामी अनुसन्धान गर्दैछौं,’ उनले भने।

लेटाङ-५ खेरुवास्थित शिक्षा विकास माविमा कक्षा ६ अध्ययनरत विद्यार्थीलाई आइतबार ५६ वर्षीय शिक्षक मनोज पौडेलले यौन दुर्व्यवहार गरेपछि स्थानीयहरु आक्रोशित बनेका थिए। विद्यालयमा रहेका शिक्षक पौडेललाई आक्रोशित भीडले बाहिर ल्याउने प्रयास गरेपछि स्थिति नाजुक बनेको थियो। त्यही बेला झडप भएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले झडपमा घाइते भएका प्रहरी जवानको उद्धार गरिएको र उपचारका लागि अस्पताल पठाइएको जानकारी दिए। भीड नियन्त्रणका लागि प्रहरीले हवाई फयार गर्दा आक्रोशित भीडबाट प्रटोल बम प्रहार भएको प्रहरीको दाबी छ।

Related posts
FEATURE

दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ

1 Mins read
आवर बेलका/केरला बन्यो चरम गरिबीमुक्त पहिलो भारतीय राज्य दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ। मुख्यमन्त्री पिनारायी…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *