NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
FEATURE

के तपाईंलाई थाहा छ, क्यूआर कोडको छेउमा किन हुन्छ ३ वटा कोठा ?

1 Mins read

के तपाईंलाई थाहा छ, क्यूआर कोडको छेउमा किन हुन्छ ३ वटा कोठा ?
अहिले डिजिटल भुक्तानीका विभिन्न माध्यमध्ये क्यूआर कोड स्क्यानबाट गरिने भुक्तानी पनि एक हो । भुक्तानीमा मात्र यसको प्रयोग हुँदैन, विभिन्न कुराको जानकारी पाउन पनि हामीले क्यूआर कोड स्क्यान गर्न सक्छौं ।

के तपाईंलाई थाहा छ, क्यूआर कोडको छेउमा किन तीनवटा वर्गाकार समावेश हुन्छ ? आज हामी यसै विषयमा जानकारी दिन्छौं ।

सन् १९९४ मा जापानको डेन्सो वेभ कम्पनीले क्यूआर कोड विकास गरेको थियो । क्यूआर कोड अर्थात क्विक रेस्पोन्स कोड आजका दिनमा सबैजसो ठाउँमा प्रयोग भइरहेको पाइन्छ । उनीहरूलाई गाडी निर्माण गर्दा त्यसका पाटपुर्जाहरू सही तरिकाले ट्र्याक गर्न एउटा सिस्टम आवश्यक परेको थियो ।

त्यही सिस्टमको खोजीमा लागिपरेकाे जापानी टिमले एक किसिमको कोड तयार पार्‍यो, जसले कान्जी, काना र अल्फआन्यूमेरिक वर्णहरू इन्कोड गर्न सक्थ्यो ।

हाल प्रयोगमा आएको क्यूआर कोडले वेबसाइट यूआरएल, फोन नम्बर, वाई-फाई पासवर्ड वा चार हजार वर्णजस्ता तमाम कुरा समावेश गर्न सक्छ । त्यस्तै यसका धेरै विशेषता छन् ।

क्यूआर कोड हामीले डिकोड गर्न सक्दैनौं । हामीले त्यसलाई ध्यान दिएर भने जरुर हेरेका हुन सक्छौँ । क्यूआर कोड एक वर्गाकार (स्क्वायर) मा हुन्छ । त्यस वर्गाकारको तीनवटा छेउमा एउटा-एउटा काेठा हुन्छन् । यी काेठा पनि वर्गाकारमा हुन्छन् ।

ती काेठाको अर्थ के हुन्छ होला ? वा ती काेठा त्यसमा किन समावेश गरिएको हुन्छ होला ?

क्यूआर कोडको विकास हुनुपूर्व टुडी बार कोड प्रयोगमा आइरहेका थिए । ती बार कोडको बीचमा एउटा मात्र स्क्वायर समावेश हुन्थ्यो, जसले बारकोडको सही दिशानिर्देश गर्थ्यो ।

तर, ती टुडी बारकोडले गर्दा डिभाइसले छिटो डिकोड गर्न नसक्ने वा बार कोड खराब भएको अवस्थामा डिभाइसले एरर देखाउने जस्ता समस्या देखिन थाले । त्यसको विकल्पमा विकास भएको क्यूआर कोड निकै सुरक्षित र भरपर्दो मानिन्छ ।

वास्तवमा ती तीन वर्गाकारले सो क्यूआर कोडको सही स्थानबारे स्क्यानिङलाई जानकारी दिन्छन् । जसले गर्दा स्क्यानरले केही सेकेन्डमा नै क्यूआर कोड डिकोड गर्छ ।

त्यस्तै त्यही वर्गाकारभित्र एउटा सानो वर्गाकार पनि हुन्छ । त्यसले गर्दा स्याक्यानरले क्यूआर कोडको सिधा वा बाङ्गो भएको पत्ता लगाउँछ । कोडमा समावेश अन्य सङ्केतले भने सबै सूचना इनकोड गरेर राखेका हुन्छन् ।



Related posts
FEATURE

दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ

1 Mins read
आवर बेलका/केरला बन्यो चरम गरिबीमुक्त पहिलो भारतीय राज्य दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ। मुख्यमन्त्री पिनारायी…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *