भोजपुर संवाददाता
महुलि लघुवित्त वित्तीय संस्था लि. को आयोजनामा भोजपुर जिल्लाको आमचोक गाउँपालिकामा सोमबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
महुलि लघुवित्त वितीय संस्थाका शाखा प्रवन्धक टोकनाथ न्यौपाने, ससस्र प्रहरी बेस क्याम युका यु का कार्यलय प्रमुख प्रहरी निरीक्षक दिनेश श्रेष्ठ ससस्र प्रहरी बेस क्याम युका यु का सही दुर्गा राई सोही वितीय संस्थाका कर्मचारीहरू इन्दावति राई, मदन अधिकारी तथा ममिला बस्नेत लगायतको उपस्थितीमा शाखा कार्यालयका करिब ६० जना सेवाग्राही सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत बचत, कर्जा, खर्च व्यवस्थापन, उद्यमशीलता, पैसाको महत्व, वित्तीय साक्षरताको महत्व, कर्जा सदुपयोगिता, सफलताको कथा, कर्जा कारोबार गर्दा ध्यान दिनु पर्ने कुराहरु, असल तथा खराब ऋणीको परिचय, भाखा नाघेका कर्जा व्यवस्थापन लगायतका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रमको समापनमा बोल्दै बालंखा शाखाका शाखा प्रमुख न्यौपानेले कर्जा सदुपयोगिता गर्न साथै उत्पादनशिल क्षेत्रमा लिएको कर्जा उपभोग गर्न सुझाएका थिए । उनले सम्पूर्ण सहभागिहरुलाई बचत गर्ने बानीको बिकास, सामूहिक भावनको महत्व, साक्षी र जमानी बिचको फरक बारे जानकारी गराएका थिए । साथै, सदस्यहरुले लिएको कर्जाको सम्बन्धमा कुरा राख्दै समयमै कर्जाको सावाँ तथा व्याजको भुक्तानी नगर्दा आई पर्ने विभिन्न कानुनी समस्याका बारेमा बुझाउदै त्यसो नगर्न सुझाएका थिए । यस्तै सोही संस्थाका कर्मचारी मदन अधिकारीले यश संस्थाका सदस्यहरुको हितका लागि सदैव संस्था लागि रहने र हालै मात्र यश वितिय कार्यक्रम चार स्थानमा संपन्न भैसकेको छ भने आमचोककै मुटुमा रहेको बालंखामा छिटै सन्चालन हुने समेत जनाएका छन् । अदिकारीेले भने सदस्य भनेको भगुवान हुन् भगुवानको हितका लागि सदैव संस्था लाग्ने समेत जनाएका छन् । भने अनौपचारिक संस्थाबाट वित्तीय कारोबार गर्दा ठगिने प्रबल सम्भावना हुने भएकोले नेपाल राष्ट्र बैंक बाट वित्तीय कारोबार गर्न इजाजत प्राप्त संस्थाबाट मात्र कारोबार गर्न अनुरोध गरेका थिए ।


