उदयपुरको कटारीमा चिर्पट प्रहार गरि श्रीमतीको हत्या
उदयपुरको कटारी नगरपालिका ५ सिसाघारीमा चिर्पटको प्रहारबाट श्रीमतीको हत्या गरिएको छ ।(सोमबार) बिहान ४ बजे स्थानिय पोष्टराज दाहालले आफ्नी श्रीमती – ३८ वर्षीया नानुमाया दाहालको हत्या गरेका हुन् ।
मृतकका श्रीमान पोष्टराजलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरी निरिक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए ।


