NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

कोशी कटानको जोखिममा बेलका: मन्त्री कार्की द्वारा निरीक्षण

1 Mins read

सुमन सागर / सप्तकोशी नदीमा आएको बाढीले उदयपुरको पुर्वी भूभागमा बिगत बर्ष देखि तीव्र कटान गर्न सुरु गरेको छ।

पहाडि भेगमा वर्षा हुन थालेपछी सप्तकोशी नदिमा पानीको बहाब बढेको हो।

कोसी सम्झौता अनुसार भारतले उदयपुर तर्फ तटबन्ध निर्माण नगर्दा बेलका नगरपालिका क्षेत्रमा बाढीले बर्षेनी हजारौँ बिघा जमिन कटान गर्ने गर्दछ । सप्तकोसीको बाढीले जमिन कटान गर्दा बेलकाको वडा नं ८,३,९,२ बस्ती नजिक आएपछि स्थानीय त्रसित बनेका छन् ।

सोमबार प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्किले कोशी कटान क्षेत्रको अबलोकन गर्नु भएको हो।

बेलका नगरपालिका नगर प्रमुख अशोक कार्किको आग्रहमा मन्त्री कार्किले कोशी कटान क्षेत्र र बेलका नगरपालिकाको गौरबको आयोजना बेलका -९ मा रहेको फोहोरमैला ब्याबस्थापन केन्द्रको समेत अबलोकन गरेका छन।

सप्तकोशि नदिले उदयपुर पट्टिको भु भागमा तिब्र कटान गरे पछि भारत सरकारले नदि नियन्त्रणको लागि ८ सय मिटर प्रकोपाइन ( त्रिखुट्टि) लगाएको छ।

कोशी नदि नियन्त्रण गर्न भारत सरकार सङ्ग छलफल भैरहेको र संघीय सरकार , प्रदेश सरकार सङ्ग समन्वय गरि दिगो तटबन्ध गर्न प्रदेश सरकार लागि पर्ने मन्त्री केदार कार्किले बताए।


बाढी आउनु पुर्व र बाढी आइसके पछि स्थानियको सुरक्षाका लागि स्थानीय सरकार सङ्ग छलफल भै रहेको मन्त्री कार्किले बताएका छन।

बेलका नगरपालिका का स्थानीयको सुरक्षा गर्नु स्थानीय सरकारको दायित्व भएकाले कोशी नियन्त्रण गर्न बेलका नगरपालिका प्रदेश , संघ सरकार सङ्ग छलफल गरिरहेको बेलका नगरपालिका नगर प्रमुख अशोक कार्किले बताए।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *