बेलका नगरपालिकाको शिक्षा शाखाले सामाजिक,गणित, बिज्ञान, अंग्रेजी र नेपाली गरि पाँच बिषयका शिक्षक हरुलाई नयाँ पाठ्यक्रम अनुसार शिक्षण सिकाइ सम्बन्धी तालिम दिएको छ ।
बेलका नगरपालिका भित्र सञ्चालनमा रहेका सामुदायिक र संस्थागत गरि ७० भन्दा धेरै शिक्षकलाई २ चरणमा गरि अलग अलग बिषयका बिषयगत शिक्षकहरुलाई नयाँ पाठ्यक्रम अनुसार तालिम दिएको हो ।
वरपिपल मा. वि.कमलाबारी बेलका -९ मा भएको कार्यक्रममा बेलका नगरपालिकाका उप प्रमुख जिरा राइले तालिम उद्घाटन सत्रको उद्घाटन गर्दै शिक्षा क्षेत्रलाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको जानकारी दिएकी छन।
उपप्रमुख राईले शिक्षकहरु समाज परिबर्तनका पहिलो आधार भएका कारण शिक्षकहरु पनि समय अनुसार अपडेट हुँदै जानू पर्नेमा जोड दिएकी हुन । नगरको शैक्षिक गुणस्तरमा वढवा दिन सिङगो नगरपालिका टिम लाग्नु पर्ने उपमेयर राईले उल्लेख गर्नु भयो ।
राष्ट्रिय नयाँ पाठ्यक्रम प्रारुप अनुसारको कक्षा ४,७,९ कक्षाको परिमार्जित पाठ्यक्रम अनुसार शैक्षिक प्रवोधिकरण दिन लागिएको बेलका नगरपालिका शिक्षा साखा प्रमुख सुनिल निरौलाले जानकारी दिए ।
नयाँ पाठ्यक्रम लागु भए सँगै शिक्षकहरुले उक्त परिमार्जित पाठ्यक्रलाई शिक्षण गर्नु पर्ने भएकाले अनिवार्य रुपमा सवै विषयगत शिक्षकहरुले सो तालिम लिनु पर्नेमा शाखा प्रमुख निरौलाले जोड दिएका छन् । प्रवोधिकरणमा सिकेको थिम विद्यालयमा अन्य शिक्षकसग समन्वय गरेर शैक्षिक क्रियाकलाप गर्न समेत निरौलाले सुझाए।निरौला अंग्रेजी विषयका प्रशिक्षक पनि हुन ।

प्रशिक्षक अशोक माझी गणित र बिज्ञान बिषय , सामाजिक र नेपालीको लागि दिनेश राउत जिल्ला स्तरीय प्रशिक्षणमा सहभागी भई बिषयगत शिक्षकहरुलाई प्रशिक्षणका लागि आएका छन ।
नयाँ पाठ्यक्रम प्रबोधिकरण २ दिने कार्यक्रमको अध्यक्षता वरपिपल मा.वि. व्यवस्थापन समिति अध्यक्ष भरत घिमिरेको सभाअध्यक्षमा भएको हो । अध्यक्ष घिमिरेले शिक्षकहरुले आफुले सिकेको ज्ञान आ-आफ्ना बिध्यालयमा सिकाउन र सफल हुन अनुरोध गरे। साथै पढाउनु नभई अब सिकाउनु पर्ने कुरामा समेत अध्यक्षको जोड थियो ।


