NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

हर्क साम्पाङ विशेषज्ञसहितको टोलि लिएर सप्तकोसी नदिमा

1 Mins read

कोशीबाट पानी ल्याएर काकाकुल धराने जनताको तिर्खा मेट्ने एजेण्डा बोकेका मेयर हर्कराज राई (साम्पाङ) को सपना साकार हुने क्रममा छ ।

सप्तकोशीबाट पानी ल्याउने उनको प्रमुख चुनावी एजण्डा नै थियो । उक्त एजेण्डा कार्यान्वयन हुने गरि संघीय सरकारअन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागले अध्ययन थालेको छ ।

सोमबार विभाग, भारतीय र नेपाली परामर्शदाता, विशेषज्ञसहितको टोलीले सप्तकोशीको स्थलगत अध्ययन गरेको छ । मेयर साम्पाङले धरानमा ३ बर्षभित्र कोशीको पानी पुर्याउने जानकारी पाएको र धरानको लागि खुशीको खबर भएको बताए ।

मेयर साम्पाङले बर्खामा पानी खुवाउन सकिने भएपछि हिउदमा समस्या भएको र बढ्दो जनसंख्याको कारण कोशीबाट पानी लगेर मात्र पानी समस्याको स्थायी समाधान हुने बताए । उनले भने, ‘यो स्वागतयोग्य आयोजना हो । त्यसैको लागि सप्तकोशीमा आएको हो ।’

विभागका आयोजना प्रमुख वालमुकुन्द श्रेष्ठले डिपिआर तयार गर्न १२ महिना लाग्ने बताए । डिपिआर तयार भएपछि सबैबाट सकरात्मक प्रतिक्रिया र आवश्यक जग्गा उपलब्ध भएमा तत्काल योजना कार्यान्वयन गरिने उनले बताए ।

उनका अनुसार हाल १२ वटा स्थानीय तहमा डिपिआर भइरहेको र पहिलो चरणमा ५ वटा स्थानीय तह छनौट गर्नुपर्ने बताए । धरानको राजनीतिक नेतृत्व, नगरबासी सबैको पहल भएमा पाँच वटा सहरमा धरान छनौट हुने उनले बताए ।

बिशेषज्ञ एवं सिनियर इञ्जिनियर डा. चेतबहादुर परियारले डिपिआर तयार भएपछि स्रोत ९बजेट० जुटेमा ३ बर्षभित्र पानी धरान पुर्याउन सकिने बताए । ‘कुनै समस्या छैन, प्राविधिकरुपमा हामीसँग भएको ज्ञानलाई प्रयोग गरेर बनाउछौं,’उनले भने ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *