उदयपुर । उदयपुर र सुनसरी भएर बग्ने सप्तकोसी नदीले दिनप्रतिदिन धार परिर्वतन गरेपछि चार हजार घरपरिवार उच्च जोखिममा परेका छन् । बाढीले बेलका नगरपालिका-८ लाहुरे खोँचमा कटान गरेको हो ।


कटानले बेलका- २, ३, ८ र ९ र बराहक्षेत्र नगरपालिका-६ सहितका सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबिसी, श्रीलंका टापु, रामनगर, बोचि, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोसी टप्पु आरक्ष क्षेत्रका घरपरिवार उच्च जोखिममा परेका हुन् ।
सप्तकोसीले ६ सय मिटर कटान गरिसकेको छ, भने २० मिटर कटान गर्न बाँकी छ । दुई सय मिटर कटान भैसकेको छ अब बाकी २० मिटर कटान भय कोसि फर्किने देखिन्छ ।

कटानले बराहक्षेत्र-६ चिलिया टप्पुमा रहेको बाल सेवा, जनता र कौशिका आधारभूत विद्यालय तथा बेलका-३ मा रहेका सरस्वती आधारभूत विद्यालयसहित दुई वटा स्वास्थ्य संस्था विस्थापित हुने देखिन्छ भने २० हजार भन्दा धेरै जनसंख्या जोखिममा छ्न ।
सप्तकोसीले पश्चिमतर्फ कटान तीव्र पारेपछि त्रास बढेको स्थानीय वार्ड अध्यक्ष जय कुमार राईले बताए । चतरादेखि ब्यारेजसम्म सप्तकोसीको दुबै किनारामा भारतले तटबन्ध निर्माण गर्ने सम्झौता छ । तर, सम्झौता अनुसार भारतले नदीका दुबैतर्फ तटबन्ध नबनाउँदा कटान बढेको स्थानीयको भनाइ छ ।
नदी कटान हेरेर फर्के परराष्ट्रमन्त्री खड्का
परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले उदयपुर पुगेर नदी कटानको अवस्था बुझेका छन् ।

परराष्ट्रमन्त्री खड्का उदयपुरका प्रमुख जिल्ला अधिकारी , सिचाइ बिभागका एक नम्बर प्रदेश निर्देशक सुशील आचर्य, सहितको टोलीले कटान ग्रस क्षेत्र हेरेर फर्किएको हो ।
सो क्रममा परराष्ट्रमन्त्री, सनसुरी, सप्तरी र उदयपुरका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र स्थानीयसँग छलफल गरेका थिए । खड्काले कटान र डुबान रोक्न तत्काल उचित कदम चाल्न मातहतका निकायलाई निर्देशन दिए ।खड्काले भने जनतालाई बचाउन जस्तो सुकै कदम चाल्न आग्रह गरे ।

मन्त्री खड्काले स्थानीयले वर्षेनि आउने बाढीबाट बच्न दीर्घकालीन तटबन्ध बाँध्नुपर्ने माग गरेका थिए । मन्त्री खड्काले बस्तीको स्थलगत निरीक्षण पनि गरेका थिए । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्किले परराष्ट्रमन्त्री लाई ध्यानाकर्षण गराएको हुननि ।निरीक्षण मा बेलका नगरपालिकाको उपप्रमुख जीरा राई ,अध्यक्षहरु उपस्थित थिए । डाक्टर खड्का यहि क्षेत्रका माननीय हुन ।


