मदन अधिकारी / सप्तरी
महुलि लघुवित्त वितिय संस्था लि शाखा कार्यलय महुलि सप्तरी द्वारा सदस्यको श्रिमान मृत्यु बराबरको रकम आज एक कार्यक्रमका बिच हस्तान्तरण गरीएको छ । महुलि शाखा केन्द्र नम्बर १०१ स्वर्गीय दुखिलाल लेखि को परीवारलाई उक्त सुविधा वितरण गरिएको थियो ।
अग्निसाईर कृष्ण सवरण गा. पा. वडा नम्बर ६ निवासि ५८ वर्षिय लेखिको केहिदिन अगाडि आकास्मिक निधन भएको थियो । उक्त सदस्यको मृत्युले यश शाखा मात्र नभई सिंङ्गो महुलिनै सोकमा डुबेको र यो अकल्पनिय क्षतिले हामिलाई ठुलो चोट लागेको यसै संस्थाका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेले जनाए उनले भने हालको यश विषम परिस्थितिमा हामिले हाम्रो एक सदस्य गुमाउनु परेको पीडा हामिमाज सदै आईरहने बताउदै उक्त सदस्यको बिमा बराबरको रु पाच लाख बराबरको रकम उक्त सदस्यका परीवारलाई हस्तान्तरण गरेका थिए । सोही अवसरमा महुलि लघुवित्तले आफुले चलाएको श्रिण पुरै फिर्ता गरेको देखेर स्थानिय समेत हर्षित बनेका छन ।
यशै संस्थाका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेको प्रमुख आत्तिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा यशै संस्थाका मानव संसाधन विभाग प्रमुख रमेश चौधरी, शाखा प्रवन्धक डम्बर नारायण यादव स्थानिय जनप्रतिनिधि हरूको उपस्थितती रहेका थिए । 
कार्यक्रममा बोल्दै मानव संसाधन विभाग प्रमुख चौधरीले हामी एउटा दुखद छ्यणमा आईपुगेका छौ । हाम्रो संस्थाको एक अभिभावक हामिले गुमाउनुले हामिलाई शोकमा डुबाएको बताउदै संस्थाले सदस्यहरुको हितका लागि थप नया योजना समेत बनाई रहेको र आगामि दिनमा सदस्यहरु प्रति थप जिम्मेवारी भएर काम गर्ने बताउदै बिमाको बारेमा समेत जानकारी गराएका थिए । यता स्थानिय जनप्रिनिधि देवकान्त चौधरीले यश संस्थाले हाल सम्म गरेको कार्यको प्रशंसा गर्दै यश संस्थाले आज एक सदस्यको मृत्यु हुदा ऋण उठाउनुको सट्टा उल्टै ऋण मिनाहा गर्नुले समेत यश संस्था नाफा मुखि भन्दा पनि साच्चैनै सेवा मुखि भएको महसुस गरेको बताए भने मृत आत्मा प्रति दुख समेत व्यक्त गरेका छन् ।
सोही कार्यक्रममा बोल्दै यसै संस्थाका शाखा प्रवन्धक यादवले उक्त मृतकले पाउने सेवा सुविधाका बारेमा प्रकाश पार्दै सम्मपुर्ण केन्दगत नितिनियमका बारेमा जानकारी गराएका थिए ।
सुविधा बराबरको रकम रु पाच लाख रुपैया कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाका प्रमुख कार्यकारी अधिकृत पाण्डे तथा यसै संस्थाका मानव संसाधन विभाग प्रमुख चौधरिको हात बाट बितरण गरिएको थियो ।


