NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

भदौ १० मा जेबि टुहुरे प्रथम वार्षिकिमा धरानमा जे.बि टुहुरे स्मृति संध्या हुने

1 Mins read

आगामी भदौं १० गते वरिष्ठ जनगायक जेबि टुहुरेको प्रथम वार्षिकिमा धरानमा जे.बि टुहुरे स्मृति संध्या २०७९ को आयोजना हुने भएको छ । धरान खड्गी समाजको आयोजनामा भएको भेलाले उक्त कार्यक्रम भव्यताका साथ आयोजना गर्ने निर्णय गरेको हो । जेबि टुहुरे फाउन्डेसनले उक्त कार्यक्रम सयोजन गर्ने फाउन्डेसन संयोजक निर्भिका टुहुरेले जानकारी दिईन । आजको बैठकले कार्यक्रम आयोजक कमिटि साथै बिभिन्न १६ वटा उपसमिति पनि गठन गरेको टुहुरेले जानकारी दिईन ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रन्जित तामाङ ,धरान उपमहानगरपालिका उपप्रमुख अइन्द्र बेघा लगायत धरानका बिभिन्न राजनीति दलका नेता, पत्रकार, बुद्धिजीवी लगायतको उपस्तिथी रहेको थियो । जनगायक जेबि टुहुरेको जन्मथलो धरान रहेको हुनाले उक्त कार्यक्रम धरानमा आयोजना हुन लागेको हो । उनि लामो समय परिवार सहित विराटनगरमा पनि बसेका थिए ।

गायक टुहुरेको गत बर्ष  ७८ वर्षको उमेरमा बल्खुस्थित वयोधा अस्पतालमा निधन भएको थियो । टुहुरेले १ सय ५० भन्दा बढी जनवादी गीत रेकर्ड गराएका छन् । उनको  ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’ बोलको गीत उनले २०३४ सालदेखि अहिलेसम्म गाउँदै आएको सबैभन्दा चर्चित गीत हो ।

२०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउण्डेसन स्थापना गरिएको हो  । फाउण्डेसनको अध्यक्ष उनकी छोरी निर्भीका टुहुरे रहेकी छिन् ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *