NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बेलकाको आम्बासी बाट लागुऔषध ट्याब्लेटसहित तीनजना पक्राउ

1 Mins read

उदयपुरको बेलका नगरपालिका–१ बाट लागुऔषध ट्याब्लेटसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलका नगरपालिका–५ का २४ वर्षीय सुदिप राई, २७ वर्षीय प्रदिप बस्नेत र चौदण्डीगढी नगरपालिका–२ का २१ वर्षीय ठगिन्द्र मगर पक्राउ परेका हुन् ।
लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले शनिवार राती ९ बजेको समयमा तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले टामाडोल- ४९५ ट्याब्लेट, डाईजोपाम ३४ एम्पुल, फेनारागन २४ एम्पुल, फेरिमाईन, ३ एम्पुल, लिजेपिक २१ एम्पुल र १ थान सिरिन्ज समेत बरामद गरेको छ ।
लागुऔषधसहित पक्राउ गरेको उनीहरुको सम्बन्धमा थप अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पछिल्लो समय आम्बासी नाकाबाट लागुपदार्थ दुर्ब्यसनी पक्राउ परिरहेको हुन । केही समय अगाडि सप्तकोसी नदि क्षेत्रबाट ठुलो मात्रामा गाजा समेत बरामदगरेको हो।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *