NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

उदयपुर प्रदेशसभा १ (क)मा रोयल आचार्य आकांक्षी

1 Mins read

उदयपुर, १३ भदौ । पत्रकार रोयल आचार्यले प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिने तयारी गरेका छन् । उदयपुरको वेलका–९ स्थायी घर भएका आचार्यले उदयपुरकै प्रदेश सभा १ (क) बाट उम्मेदवारी दिने तयारी गरेका हुन् । प्रेस सेन्टर नेपालको प्रदेश अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका वागमती प्रदेशको विभाग सदस्य रहेका आचार्य गठबन्धनबाट टिकट लिन लविङमा छन् ।
वाणिज्य शास्त्रमा स्नात्तकोत्तर गरेका आचार्य केटिएम भ्वाइस मिडिया प्रालिले सञ्चालन गरेको केटिएम भ्वाइस डटकमको सञ्चालक तथा सम्पादक हुन् । तत्कालिन ठोक्सिला गाविसलाई फोकस गरेर काठमाडौंबाट प्रशासन हुने ठोक्सिला दर्पण साप्ताहिकमा समेत आचार्य महत्वपूर्ण भूमिकामा थिए । एक दशक भन्दा लामो समयदेखि आर्थिक पत्रकारितामा सक्रिय आचार्य आर्थिक पत्रकारहरुको छाता संगठन नेपाल आर्थिक पत्रकार संघको केन्द्रीय सचिव र देशभरका पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको एसोसिएट प्रदेश समितिका महासचिव हुन् ।
देशको अर्थव्यवस्थाका विषयमा राम्रो जानकार भएका उनले गत वर्ष ५० हजार राशीको काठमाडौं सुशासन पत्रकारिता पुरस्कार समेत पाएका थिए । आचार्यले वर्ष उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार, बैंकिङ पत्रकारिता पुरस्कार, युवा पत्रकारिता पुरस्कार जस्ता पुरस्कारहरु समेत पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट ‘खोजपत्रकारिता तालिम’, नेपाल राष्ट्र बैंकबाट तथ्यांक विश्लेषण लगायतका दर्जनौं तालिम समेत आचार्यले लिएका छन् । उनी उम्मेदवार बन्ने नबन्ने भन्ने विषयमा भने पार्टीको निर्णयमा भर पर्छ ।
अघिल्लो स्थानीय तह निर्वाचनमा आचार्यले युवा नेता रमन भट्टराईको पक्षमा निकै सक्रियताका साथ लागेका थिए । यस क्षेत्रबाट प्रदेश सभा सदस्यका लागि नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता सुरेश कुमार राईलाई मूख्यमन्त्री बनाउने योजनासहित उठाउने तयारी समेत छ । यस क्षेत्रका अर्का वलिया आकांक्षी रमन भट्टराई समेत हुन् । भट्टराई पनि वेलकामा लोकप्रिय युवा नेताका रुपमा चिनिन्छन् ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *