NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

परराष्टमन्त्री खड्का द्वारा झोलुङ्गे पुलको सिलन्यास

1 Mins read

त्रियुगा नगरपालिकाको वडा नम्बर २ को खैजनपुर र वडा नम्बर १२ को बिसनपुर जोड्न त्रियुगा नदिमा झोलुङेपुल निर्माण हुने भएको छ । बुधबार एक कार्यक्रमका विच परराष्ट्रमन्त्री डा. नारायाण खड्का र प्रदेश नं १ सडक पुर्वाधार तथा सहरी बिकास मन्त्री हिमाल कार्किले संयुक्त रुपमा पुलको शिलन्यास गर्नु भएको हो ।
त्रियुगा नगरपालिका वडा नम्बर १, २ र ३ नम्बर वडाका स्थानियलाई गाईघाट बजार सम्म आवत जावत गर्न सहजताको लागि त्रियुगा नदिमा झोलुङे पुल निर्माण गर्न लागिएको हो।
परराष्ट्रमन्त्री डा. नारायण खड्काको पहलमा निर्माण हुन लागेको उक्त पुल दुई बर्ष भित्र निर्माण गर्ने गरी सम्झौता भएको छ।
अनुसमान रुविना जेभिले ६ करोड ७९ लाख ९९ हजार तीन सय ५६ रुपैया १३ पैसामा निर्माणको जिम्मा पाएको छ । पुल निर्माण पश्चात् वडाका २२ सय १२ घरधुरीका १० हजार २ सय १८ नागरिक प्रत्यक्ष रुपमा लाभान्वीत हुने लक्ष्य राखिएको छ ।
पुलको शिलन्यास गर्दै परराष्ट्र मन्त्री डा नारायण खडकाले पुल निर्माण पश्चात् दुई वडाको आर्थिक ,सामाजिक रुपमा एकता हुने बताउनु भयो । बर्षा याममा सदरमुकाम गाइघाट बजार आउन ,औषधि उपचार गर्न असहज परिस्थितिमा पुल निर्माण पश्चात् सहज हुने छ। उदयपुरको त्रियुगा , चौदन्डी,बेलका नगरका अधिकांस स्थानीयले भोगेको त्रियुगा नदिको समस्या अब दीर्घकालीन समाधान गर्न आधुनिक तटबन्ध निर्माण हुँदै छ । नेपालको मान चित्रमा उदयपुर जिल्ला लाई पहिलो बनाउन आफू लागि परेको मन्त्री खडकाले बताउनुभयो।

प्रदेश नं १ सडक पुर्वाधार तथा शहरी बिकास मन्त्री हिमाल कार्किले पुल निर्माण पश्चात् कृषकले उत्पादन गरेको समान बजार सम्म ल्याउन सहज हुने बताउनु भयो। पुल निर्माण हुने स्थानमा रहेको पर्यटकिय पार्क लाई थप आकर्षक बनाई झोलुङ्गे पुल निर्माण भए पश्चात् पर्यटकिय दृष्टिकोणले समेत विसनपुर गाउँ बिकास हुने छ। ठेकेदारले समयमा काम नसक्दा दोष जति नेतालाई आउने हुदा पुल समयमै निर्माण गर्न समेत मन्त्री कार्कीले ठेकेदारको ध्यानाकर्षण गराउनु भएको छ।

उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौर बहादुर विश्वकर्मा, उप प्रमुख तेज प्रसाद गिरी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, त्रियुगा नगरपालिकाका प्रमुख बसन्तकुमार बस्नेत, उप प्रमुख महेश्वरी राई लगायत जनप्रतिनिधिहरुको उपस्तिथी रहेको थियो ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *