NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बेलका नगरपालिकामा एकैपरिबारको तीन जनाको हत्या ?

1 Mins read

उदयपुरको बेलका नगरपालिका वार्ड न -७ गोवाटार वाबिङ माननेतामा भएको एकैपरिवारको तीनजनाको हत्या भएको छ ।
घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका नरबहादुर बस्नेतसँग प्रारम्भिक सोधपुछपछि प्रहरीले हत्याको कारण सामान्य विवाद देखिएको बताएको हो । बेलका नगरपालिका– ७ गोवाटारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षकी सरिता बस्नेत र १२ वर्षका छोरा सुजन बस्नेत मृत अवस्थामा भेटिएका थिए ।

जिल्ला प्रहरी कार्यालय, उदयपुर स्रोतका अनुसार पक्राउ परेका नरबहादुरले मृतक राजुकमारकी श्रीमती सरिता दुई/तीन वर्षदेखि आफ्नो सपनामा आएर दुःख दिने गरेको बयान दिएका छन् । ‘शुक्रबार जंगलमा घाँस काट्न गएका बेला उनले त्यसबारे राजकुमारलाई बताएछन्’ एक अनुसन्धान अधिकृतले भने, ‘उनले सरितालाई बोक्सी लागेको हुनसक्ने बताएपछि विवाद भएको देखिन्छ ।’

प्रहरीका अनुसार नातेदार समेत रहेका नरबहादुरले श्रीमतीलाई बोक्सी भनेपछि उनले ‘आजको समयमा पनि यस्तो हुन्छ’ भन्दै हप्काएका थिए । ‘मलाई पुलिसलाई भन्दिन्छु, मुद्दा लाइदिन्छु भन्दै थर्काउन थाल्यो’, नरबहादुरको बयान छ, ‘त्यसपछि घाँस काट्न लिएर गएको खुकुरीले हानेँ ।’

उनीहरुबीच सामाजिक ,राजनीतिक ,पारिबारिक अरु कुनै रिसिइबी पनि थियो कि भन्ने बारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ । तर प्रारम्भिक सोधपुछमा घटनाको कारण यही देखिएको छ ।

प्रहरीका अनुसार उनले जंगलबाट घाँस काट्न लगेको खुकुरीले सुरुमा श्रीमान् राजकुमारलाई हानेका थिए । त्यसबेला उनी कुलोबाट खेतमा पानी लगाउँदै थिए । श्रीमती पनि खोला छेऊमा थिइन् । श्रीमान्को हत्यापछि उनले श्रीमती सरितालाई पनि हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।


पछि १२ वर्षका छोरा सुजन बस्नेतलाई देखेपछि उनलाई पनि खुकुरी प्रहार गरेको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । तीनैजनाको शव हेर्दा धेरै पटक खुकुरी हानिएको देखिएको प्रहरी बताउँछ । शवलाई पोष्टमार्टमका लागि राती १ बजे नै पठाइएको छ।
श्रीमान र श्रीमती र छोराको शब भएको ठाउ ५०० मिटर को अन्तरालमा देखिन्छ । मृतक राजकुमार बस्नेत घाँस लियर आउदै गर्दा बाटो कुरेर हत्या गरेको देखिन्छ । त्यस्तै मृतकि श्रीमती र छोरा पनि घाँस बोकेर आउदा खोला तर्ने बेलामा हत्या गरेको देखिन्छ ।
मृतककि छोरिको भनाइ अनुसार गत फागुनमा हजुरआमा पर्नेलाई समेत मार्न झम्टिएको थिए नर बहादुर बस्नेतले।

मृतक राजकुमार बस्नेत र उहाकी श्रीमती सरिताको अहिले दुई छोरी छ्न । एक जना तिनमा एक जना एकमा पढ्दै गरेको छ्न।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *