नेपाल उत्पीडित जातीय समाज बेलकाको अध्यक्षमा शेर बहादुर चयन
नेकपा एमालेको जनवर्गीय संगठन नेपाल उत्पीडित समाजका बेलका नगर कमिटीको अध्यक्षमा शेर बहादुर बि क सर्बसहमत चयन भएको छ्न।
बेलका नगरपालिका एक सहयोगी सहकारी सभाहलमा आयोजित कार्यक्रममा नेपाल उत्पीडित समाजका केन्द्रिय सदस्य तथा उदयपुर इन्चार्ज कर्ण सुनारको प्रमुख अथितीमा,दिलिप रसाइली,अप्सरा परियार ,पाण्डु परियार ,नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा बेलका उपप्रमुख्ब जीरा राइ बेलका नगर कमिटीका अध्यक्ष गणेश बस्नेत उपसचीव हिराजंग राई लगाएत नेताहरुको उपस्थितिमा कार्यक्रममा सम्पन्न गरिएको हो।

अथितिहरुले बोल्ने क्रममा जातीय उत्थान,छुवाछूत भेदभावको अन्त्य हुनुपर्ने आगामी दिनमा राज्यले उचित ब्यबस्थापन गर्नुपर्ने जस्ता कुराहरू समाबेसि ढंगले आ आफ्नो धारणा राख्दै कार्यक्रमलाइ बधाई शुभकामना समेत दिएको थिए।
नवनिर्वाचित अध्यक्ष सेरबहादुर बिक सहित ५१ सदस्य कमिटी निर्माण भएको हो।
प्रमुख अथिती सुनारले नवगठित सदस्यहरुलाई सपथ ग्रहण गराउदै आगामी दिनमा विभिन्न क्षेत्रमा हाम्रो सहभागीता हुने गराउने र जातीय समाज एक भएर अगाडि बढनु पर्ने बताए ।


