बेलकामा किरात राई यायोख्खाको प्रथम ऎतिहासिक नगर अधिबेशनबाट सुशील अध्यक्षमा
बेलकामा किरातहरुको संगठन किरात राई यायोख्खाको आयोजनामा प्रथम ऎतिहासिक बेलका नगर अधिबेशन सम्पन्न भएको हो
बुधबार जनजाति शभाहल उट्घाटन कार्यक्रममा बेलका नगर कमिटीका अध्यक्ष सुरेन्द्र राइको अध्यक्षतामा किरात यायोख्खाका केन्द्रिय सदस्य गणेश खालिङ राईकोको प्रमुख अथितिमा बेलका नगर उपप्रमुख जिरा राई,गणेश राई,राकेश किराती ललित राई दिपक किराति लगाएतका नेताहरुको उपस्तिथिमा कार्यक्रम उट्घाटन गरिएको हो।
उट्घाटन कार्यक्रममा बेलका नगरपालिका भरिका ९ वोटा वडा बाट सहभागी हरुको उपस्तिथितिमा कार्यक्रम सुरु गरिएको हो।
कार्यक्रममा अथितीहरुले बोल्ने क्रममा जातीय उत्थान हुनुपर्ने,१ नं प्रदेश किरात प्रदेश हुनुपर्ने,हरेक बिकासका काममा सहभागी गराउनु पर्ने जस्ता एजेन्डा उठाइ राज्यले ब्यबस्थापन गरिनु पर्ने जस्ता कुरा राखेका थिए।
नगर अधिवेशन उट्घाटन पश्चात् बन्द सत्र आह्वान गरि बन्द सत्रबाट अध्यक्षमा सुशील राई र सचीवमा प्रविन राई लगाएत २१ सदस्य बेलका कमिटी गठनगरि गरिएको हो


