उदयपुर जिल्लाको बेलका नगरपालिकाले बितरण गदै आईरहेको सामाजिक शुरक्षा भत्ता पाउनुपर्ने ब्यक्तिहरुले दशैंमा पाएका छैनन् । मन्त्रालयबाट समयमा निकासा नहुँदा नगरपालिका भित्र रहेको सामाजिक सुरक्षा भत्ता व्यक्तिहरुले नपाएको हो ।
बेलका नगरपालिका वडा नम्बर ८ का ८० वर्षीय गङ्गा बहादुर राइले दशैमा समेत भत्ता नपाएको गुनासो गरे।
नागरपालिका आएपछि समयमा वृद्ध भत्ता र अन्य सुविधाहरु पाउने आशाहरु बोकेका नगरपालिका वृद्धहरु निराश भएका छन् । उनीहरुले पाउनुपर्ने कुनै प्रकारको सेवा पाएका छैनन् । वडा अध्यक्षदेखि नगर प्रमुखलगायतका नेता छनोट गर्ने काम सम्पन्न भयो तर नगरपालिकामामा चाड्बाड्मा पाउनु पर्ने सामाजिक सुरक्षा भत्ता नपाउदा वृद्धहरु चिन्तित छ्न ।
सामाजिक सुरक्षा भत्ताको रकमबाट खान,लत्ता कपडा,लगाएतका विभिन्न खर्च चलाउदै आएका वृद्ध वृद्धाहरु लामो समय सम्म भत्ता नपाउदा निकै समस्यामा परेका छन ।
सरकारका नीति अनुसार सामाजिक सुरक्षा भत्ताको लागि बैक खाता खोलेर बितरण गर्ने भए पनि यस अगाडि घर घरमा लगेर बितरण गरेको हुँदा आश गरेर बसिरहेको बताइन बेलका -५ कि मनमाया नेपालीले ।
छिमेकी नगरपालिका सप्तकोसी ,चौदन्डिगढी ,बराहक्षेत्र नगरपालिकामा सामाजिक सुरक्षा भत्ता बितरण गर्दा बेलका का जनप्रतिनिधिको गम्भीर लापरबाहीले भत्ता नपाएको जनगुनासो छ ।
स्थानीय चुनावमा भोट माग्दा घरमा आयर दशैको भत्ता दिने भनि जनतामाझ बाचा गरेपनि बेलका सरकारले नदिएको हुँदा फ़ेरि आउने चुनावमा प्रश्न गर्ने बताए बेलका -३ का स्याम माझिले ।
समयमा भत्ता बितरण गर्न नसक्दा वृद्धहरुले नया कपडा ,लगायत आफ्नत जनमा टीका लाउनेलाई दक्षिणा दिन समेत समस्या आएको बताय ।


