छ्वाली कला मा संघर्ष गर्दै मनोज पाण्डे
नेपाल , भारत , चाइना , पाकिस्तान लागयत धेरै देश मा गहुको छ्वाली बाट आर्ट गरिन्छ। अन्य देशमा यस्को राम्रै ब्यपार छ तर नेपाल मा भने यस्को बजारीकरण त्यति हुन सकेको छैन ।
विशेष गरेर वाल डेकोरेसन को लागि प्रयोग गरिने यो आर्ट गहुको छ्वाली लाई कटिङ गरेर धेरै मेहनतका साथ बनाइन्छ।
पछिल्लो समय बेलका नगरपालिका वडा न ३ बस्ने मनोज पान्डे पनि यस छ्वाली कला प्रती आकर्षित भै छ्वाली आर्ट गर्दै आएक छ्न।छ्वाली आर्ट लाई नै पेसा बनाएर यही काम गर्ने मानिसहरु नेपाल मा धेरै नभएको कारण यसको बारेमा थोर बहुत लाई मात्र जनकारी भएको र केही सहरी क्षेत्रमा मात्र यस्को बिक्रीवितरण हुने हुदा गाउमाघर मा यस कलाको बारेमा धेरै मानिसहरुलाइ जानकारी नै नभएको उनले बताए ।


ग्रामीण भेगमा यसको बिक्रीवितरण नै नहुने भै हाले पनि न्यून मूल्य मा हुने मेहनत अनुसार को मूल्य मा नहुने उनको गुनासो छ।
उ भन्छ्न-मैले सहरी क्षेत्रको भन्दा 40 देखि 60% कम रेट मा एकदम क्वालीटी फाइन कटिङ आर्ट दिदा नी मानिसहरुले किन्दैनन, म अन्य ठाउका छ्वाली आर्टिस हरुसंग पनि कन्ट्याक्ट् मा छु काठमाडौ , पोखरा लगायत का शहरमा एउटा A4 साइज को आर्ट को मूल्य 3000-5000 पर्छ। म त्यही साइज को आर्ट चित्र को प्रकृति हेरेर फ्रेम सहित 1500- 3500 सम्म मा दिइरहेको छु तर अपेक्षाकृत बिक्रीवितरण छैन, तर निरन्तरता भने दिइरहने छु।।
सरकार ले पनि छ्वाली कला लाई समान्य हस्तकला कै रुपमा हेर्छ चित्रकलाको रुपमा मा हेरेर कलकारलाइ प्रोत्साहन गरिदिए यहि कला बाट जिबिकोपार्जन हुने उसले बताए।
यसको बिक्रीवितरण राम्रो भए अन्य इच्छुक साथिहरुलाइ पनि सिकाउने चाहना रहेको र केही साथीहरु सिक्न पनि आएका तर तर एकै ठाउमा बसेर ध्यान दिएर काम गर्नु पर्ने भएको ले कसैले पनि निरन्तरता नदिएको एक दिन हेरेर सिक्न खोज्ने तर भोलिपल्ट देखि नआउने गुनासो समेत पोखे।।

सरकारी कार्यालयले मात्रै चित्र लगेको अवस्थामा धेरै राहत हुने उनको भनाई छ । ‘हरेक सरकारी कार्यालयमा नेपालको नक्सा र राष्ट्रिय गान लगेर राखेपनि धेरै राहत मिल्थ्यो, सरकारले वार्षिक चार अर्बको टोकनमा मात्रै खर्च गर्छ भन्ने समाचार आउँछन्, त्यो मात्रै नेपालीले बनाएको हस्तकला र आर्टको प्रयोग गरे हस्तकलामा जोडिएकालाई प्रोत्साहन र जिविकोपार्जमा सहयोग पुग्थ्यो’ उनले बताए।
#यस कलाका धनी
मनोज पान्डे
उदयपुर बेलका
सम्पर्क नम्बर -9808826412


