NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
Uncategorized

उदयपुरको बेलका नगरपालिकामा भुमी आयोगले बितरण गर्यो लालपुर्जा

1 Mins read

उदयपुरको बेलका नगरपालिकाले भुमिहिन दलित ,सुकुम्बासी र अव्यवस्थित बसोबासकालागी जग्गा धनी प्रमाण पुर्जा बितरण गरेको हो।
पहिलो चरणको बितरण कार्यक्रममा बेलका नगरपालिका -५ नम्बर वार्ड्का ११ घर सदा परिबारलाई बितरण गरिएको हो ।
बेलका नगरपालिकाको कार्यलयमा भएको धनीपुर्जा बितरण कार्यक्रममा सुकुम्बासी समस्या समाधान आयोगका अध्यक्ष केसब निरौलाको प्रमुख आतिथ्यमा बितरण गरिएको हो ।
कार्यक्रममा प्रदेश माननिय राजन किराति , जिल्ला समन्वय समिति प्रमुख , भुमि आयोग जिल्ला अध्यक्ष , जिल्ला सदस्यहरु ,विभिन्न बिषयगत जिल्ला प्रमुखहरुको उपस्थितमा बितरण गरिएको हो ।
जिल्लामै पहिलोपटक बेलका नगरपालिकामा बितरण गरिएको हो । बेलका नगरपालिकामा विभिन्न किसिमका गरि करिब १२ हजार परिबारले अबको २ बर्ष भित्र धनीपुर्जा पाउने बताय बेलका नगरप्रमुख अशोक कार्किले ।
सुकुम्वासी जस्तै बसेर अनेकौ समस्या झेल्दै आएका स्थानीय बासीलाई नगरपालिकाको पहलमा जग्गा धनी पूर्जा वितरण गरिएको नगरउपप्रमुख जिरा राईले बताइन ।
जग्गा प्राप्त गर्नेले धनीपुर्जा पाएको १० बर्षसम्म जग्गा बेच्न पाउदैनन र अहिले आयोगले २७ जिल्लामा धनीपुर्जा दिन थालिएको तर उदयपुरमा निकै ढिलो बितरण भएको बताय राष्ट्रिय भुमि आयोगका अध्यक्ष केसब निरौलाले ।
कार्यक्रममा प्रदेस माननीय राजन किरातिले संविधानले नै अङ्गिकार गरेको र आफू र प्रदेश सरकार जतिसक्दो धनीपुर्जा बितरणको समस्या सक्न र सबैलाई धनीपुर्जा दिन लागिपरेको बताय ।
कार्यक्रममा जिल्ला प्रशासन प्रमुख ,समन्वय प्रमुख ,आयोग सदस्य ,पुर्व नगरप्रमुख लगायतले बोलेको हुन ।
धनीपुर्जा पाउने किसानहरु जग्गलु सदा ,लक्ष्मण सदा ,बद्री सदा,किसनु सदा ,रामदेस सदा,स्याम कुमार सदा ,रामसेवक मुसहर ,नबराज सदा ,राम ब सदा ,राजकुमार सदा ,फिर्नी सदाले आफुले भोगचलन गर्दै आएको जग्गा प्राप्त गरेको हुन।

Related posts
Uncategorized

आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

1 Mins read
। नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफताब आलमको…
Uncategorized

दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

1 Mins read
कोशी प्रदेशका प्रमुख दुई धार्मिकस्थल—खोटाङको हलेसी महादेव र सुनसरीको बराहक्षेत्र—को विकास समितिमा सत्तारूढ दलहरूबीच दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको छ। प्रदेश…
Uncategorized

महुलि लघुवित्त वितिय संस्था बुटवल शाखा द्वारा अचार बनाउने तालिम सम्पन्ह

1 Mins read
बुटवल– महुलि लघुवित्त वितिय संस्था लि. शाखा कार्यलय बुटवलमा आवद्द  महिला सदस्यहरुलाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *