NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
Uncategorized

चारकोसे जंगलमा नवजात शिशुलाई फाल्ले बाबुलाई प्रहरीद्वारा पक्राउ

1 Mins read

चारकोसे जंगलमा नवजात शिशुलाई फाल्ले बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।

तीन दिनकी नवाजात शिशु (छोरी) फाल्ने बाबुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका १० का ३३ वर्षीय अमितलाल चौधरी रहेका छन् । उनले बराहक्षेत्र नगरपालिका २ को चारकोसे जंगलमा तीन दिनअघि शिशुलाई फालेका थिए।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभुप्रसाद ढकालका अनुसार पक्राउ परेका चौधरीलाई ज्यान मार्ने कसुरको मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

(आज) सोमबार जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी घटनाको अनुसन्धान थालिएको उनले बताए । अमितसँगै पक्राउ परेकी उनकी श्रीमती बिन्दु चौधरीलाई भने प्रहरीले रिहा गरिदिएको छ । उनले नवजात शिशु जंगलमा फालेको घटनामा बिन्दुको संलग्नता नदेखिएकाले उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ ।

माघ ४ गते जन्मिएकी शिशुलाई चौधरीले ६ गते बराहक्षेत्र नगरपालिका २ को चारकोसे जंगलमा लगेर फालिएको थियो । जंगलमा घाँस दाउराका लागि गएका स्थानीयले नवजात शिशुलाइ देखेपछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए ।

बराहक्षेत्र नगरपालिकाका जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय चतराको टोलीले तत्काल नवजात शिशुको उद्धार गरी उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए ।

Related posts
Uncategorized

आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

1 Mins read
। नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफताब आलमको…
Uncategorized

दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

1 Mins read
कोशी प्रदेशका प्रमुख दुई धार्मिकस्थल—खोटाङको हलेसी महादेव र सुनसरीको बराहक्षेत्र—को विकास समितिमा सत्तारूढ दलहरूबीच दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको छ। प्रदेश…
Uncategorized

महुलि लघुवित्त वितिय संस्था बुटवल शाखा द्वारा अचार बनाउने तालिम सम्पन्ह

1 Mins read
बुटवल– महुलि लघुवित्त वितिय संस्था लि. शाखा कार्यलय बुटवलमा आवद्द  महिला सदस्यहरुलाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *