NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

उदयपुरको बेलका बीच रिसोर्टमा मल्टिमिडिया समन्धी ३ दिने तालिम सप्पन्न

1 Mins read

बिज्ञान पराजुली / पत्रकार हरुको क्षमता बिकासको लागि ३ दिने मल्टिमिडिया तालीम आज सम्पन भएको छ । जेष्ठ १९ गते देखि २१ गते सम्म उदयपुरको बेलका स्थित बेलका बिच रिसोर्टमा सम्पन्न भएको उक्त कार्यक्रम नेपाल पत्रकार महासघ कोशी प्रदेशको आयोजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा भएको हो ।उदयपुर, खोटाङ सुनसरी, मोरङ भोजपुर ओखलढुंगा धनकुटा जिल्लाका ३० जना पत्रकारको सहभागीता रहेको उक्त कार्यक्रममा मल्टिमिडिया ,त्यसमा पनि मोजो अर्थात मोबाइल पत्रकारिताको बारेमा प्रशिक्षण गराइएको थियो। कार्यक्रमका सहभागीहरुलाइ मोबाइल बाटै कसरी भिडियो, अडियो लगाएतको काम गरि समाचार तयार पार्न सकिन्छ भनेर , कार्यक्रमका प्रशिक्षक एबम पत्रकार महासघ केन्द्रिय सदस्य भीषण राइले सहजीकरण गर्नु भएको थियो। तालीमको उदघाटन समारोहमा बोल्दै बेलका नगरपालिकाका प्रमुख अशोक कार्किले , पत्रकारहरुले समाचार लेख्दा ब्यक्तिगत ढङ्गले कोहि कसैप्रती पुर्वाग्रह नराख्न आग्रह गर्नुभयो । सबै पत्रकार खराब नहुने तर कोहि त्यस्ता केही पत्रकारका कारण सिङ्गो पत्रकारिता पेशानि बदनाम हुने गरेको बताउदै पत्रकारको नाममा समाजमा भ्रम फैलाउनेलाई कानुनी कठगारामा उभ्याइनु पर्ने बताउनु भयो। कार्यक्रममा नेपाल पत्रकार महासङ्ग कोशी प्रदेशका अध्यक्ष लिला बल्लभ घिमिरेले अब पुरानो मोडलको पत्रकारिताले काम नचल्ने भन्दै आधुनिक प्रबिधि संगै चल्नु परेकोले एस्ता तालीम प्रभावकारी हुने बिश्वास ब्यक्त गर्नु भयो। साथै उहाँले मोजो अर्थात मोबाइल जोर्नालिजमले आफुलाइ स्वरोजगार बन्न प्रसस्तै सम्भावना दिएको तर प्राबिधिक कुराको ज्ञान हुनु पर्ने धारण राख्नु भयो। कार्यक्रममा पत्रकार महासघ कोशी प्रदेशका सचिब देबेन्द्र कार्कीले कोशी प्रदेशका बाकी जिल्लामा पनि छिटै नि मल्टिमिडिया तालिम आयोजना गर्ने जानकारी दिनु भयो। कार्यक्रमका सहभागी पत्रकारहरुले ३ दिने तालिमले आफुलाइ धेरै कुराको ज्ञान हासिल गर्न सहज भएको धारण व्यक्त गरेका थिए ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *